राष्ट्र र जनताप्रतिको जिम्मेवारी पुरा गर

२०८० श्रावण १४ गते, आईतवार

यतिबेला राष्ट्र र जनता इतिहासकै संकटग्रस्त अवस्थामा पुगेका छन् । तर, सत्तासीन, प्रतिपक्ष र सत्ताबाहिर रहेका संसद्वादी दल र नेताहरुलाई यसतर्फ कुनै चिन्ता र चासो रहेको देखिँदैन । देशमा महँगी, कालोबजारी, कमिशन, अनियमितता र भ्रष्टाचारले सीमा नाघेको छ । यस विषयमा कुनै पनि संसद्वादी दल र नेताको ध्यान पुग्न सकेको देखिँदैन । बरु उनीहरु कसरी सरकारमा पुग्ने र आफ्नो दलगत र व्यक्तिगत अभिष्ट पुरा गर्ने भन्नेमा दत्तचित्त भएर अहोरात्र खटिरहेको देखिन्छ । जुन राष्ट्र र जनघाती हर्कत हो ।

पछिल्लो समय नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारको बागडोर सम्हाले पछि केही राष्ट्र र जनहितका कार्यहरु गर्न खोजेको देखिन्छ । तर, उनको त्यस कार्यलाई असफल बनाउन प्रमुख प्रतिपक्ष एमालेलागायत सत्ता बाहिर रहेका तमाम संसद्वादी दल र नेताहात धोएर पछाडि लागेको देखिन्छ । यतिबेला सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, एक सय किलो सुन बरामद प्रकरणलगायत भ्रष्टाचार र अनियमितता बिरुद्ध छानविन गरी कारबाहीको दायरामा ल्याउने कोसिस गरिरहेको देखिन्छ । तर, सरकारको यो राष्ट्र र जनहितकारी कार्य प्रमुख प्रतिपक्ष एमालेलागायत सत्ता बाहिर रहेका संसद्वादी दल र नेताहरुलाई सह्य भएको देखिदैन । किनकि सरकार यी कार्यमा सफल भए आफ्नो दल र आफ्नो राजनीति समाप्त हुन्छ भन्ने उनीहरुको बुझाइरहेको छ, जुन सोह्रै आना गलत हो । सरकारको राम्रो कामलाई सहायोग गर्नु, राष्ट्र र जनघाती कार्यको बिरोध गर्नु प्रतिपक्षी दल र नेताको काम र कर्तब्य हो । योबाट बिमुख हुनु भनेको अन्ततः आफ्नै दल र आफ्नो व्यक्तिगत राजनीति समाप्त पार्नु हो । यस विषयमा प्रमुख प्रतिपक्षलगायत सत्ता बाहिर रहेका तमाम दल र नेता सचेत हुने पर्छ भने सरकारले पनि यो वा त्यो बहानामा दोषीलाई छूट दिने कार्य गर्नु हुँदैन ।

यतिबेला सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, एक सय किलो सुन बरामद प्रकरणलगायत भ्रष्टाचार र अनियमितता बिरुद्ध छानविन गरी कारबाहीको दायरामा ल्याउने कोसिस गरिरहेको छ । सरकारको उक्त कार्यलाई बाधा पर्ने गरी यो वा त्यो ढंगले हुने कुनै पनि हर्कत नेपाली जनताको लागि कदापि मान्य हुने छैन । तसर्थ, सरकारले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, एक सय किलो सुन बरामद प्रकरणलगायत भ्रष्टाचार र अनियमितता बिरुद्ध चालेको कदमलाई आमराजनीतिक दल, नेता र आमस्वाभिमानी जनताले साथ र सहयोग गर्नुको बिकल्प छैन । अन्यथा देश र जनताको भबिष्य अन्धकार हुने निश्चित छ भने देश र जनतालाई अन्धकारमा धकेल्ने राजनीतिक दल र नेता पनि खरानी बन्ने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु