महिला विश्वकप फुटब : अमेरिका र नेदरल्याण्डबीच खेल हुँदै

२०८० श्रावण ११ गते, बिहीबार

काठमाडौं । महिला विश्वकप फुटबल अन्तर्गत आज साविक विजेता अमेरिकाले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो खेललाई सन् २०१९ को महिला विश्वकप फुटबलको फाइनलको रि म्याचको रुपमा हेरिएको छ । त्यतीवेला नेदरल्याण्ड्सलाई २–० ले हराउँदै अमेरिका विश्व च्याम्पियन बनेको थियो । आज हुने समुह ‘ई’ को यो खेल जितेको खण्डमा अमेरिका राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्नेछ । समुहको पहिलो चरणको खेलमा अमेरिकाले भियतनामलाई हराएको थियो भने नेदरल्याण्ड्सले पोर्चुगललाई पराजित गरेको थियो ।
आज र हुने अर्को खेलमा भियतनाम र पोर्चुगल भिड्नेछन् । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । समुह ‘बि’ को खेलमा बिहीबार आयोजक अष्ट्रेलियाले अफ्रिकी प्रतिद्धन्दी नाइजेरियाको सामना गर्नेछ ।
यसअघिका खेलहरुमा विजयी हुँदै जापान र स्पेन नक आउट चरणमा प्रवेश गरेका छन् । समुहको दोस्रो खेलमा जापानले कोष्टारिकालाई २–० ले हराउँदा स्पेनले जाम्बीयामाथि ५–० को जित निकाल्यो ।

प्रतिक्रियाहरु