एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारत ‘ए’ सँग खेल्दै

२०८० श्रावण १ गते, सोमबार

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’ सँग खेल्दैछ । श्रीलंकामा जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । कोलोम्बोस्थित आर प्रेमदासा रंगशालामा दिउँसो २ बजे सुरु हुने खेल ‘डे–नाइट’ अर्थात दिवा तथा रात्रिकालिन हुनेछ । नेपाली टोलीले यस खेलका लागि आइतबार रात्रीकालिन अभ्यास गरेको थियो । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । उता भारत ‘ए’ ले पहिलो खेलमा यूएई ‘ए’ लाई हराएको थियो । यूथ नाइन्टीन विश्वकप विजेता यस. डुलको कप्तानीमा रहेको भारतीय टोलीमा इन्डियन प्रिमियर लिग आईपीएल खेलेका खेलाडीहरुको वर्चस्व छ । रोहित पौडेलको कप्तानीमा इमर्जिङ कप खेलिरहेको नेपालले यो प्रतियोगितालाई आगामि अगष्ट सेप्टेम्बरमा हुने एसिया कपको तयारीको रुपमा हेरेको छ ।

प्रतिक्रियाहरु