एसीसी अण्डर सिक्सटिन इस्ट जोन कपको फाइनल खेल हुँदै

२०८० असार १९ गते, मंगलवार


काठमाडौं । एसीसी अण्डर सिक्सटिन ईस्ट जोन कप क्रिकेटको फाइनलमा मंगलबार नेपाल र मलेसिया भिड्दैछन् । समुह चरणको खेलमा मलेसियामाथि फराकिलो जित निकालेको नेपाल मंगलबार सोही लय दोहोर्याउदै उपाधि जित्न चाहन्छ । मलेसिया पनि आफ्नै देशमा नेपाललाई हराउँदै उपाधि जित्ने योजनामा रहेको छ । सोमबार भएको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
मलेसियाले भने सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै नेपाल विरुद्धको फाइनल भिडन्त तय गरेको हो ।

प्रतिक्रियाहरु