नेपाल कम्युनिस्ट पार्टीको अनुकरणीय कार्य

२०८० असार १७ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीले पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गत ‘आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०’ गत शुक्रबारवाट सुरु गरेको छ । यो अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय उत्पादन अन्तर्गत ४० बिघा र देशभर करिब एक सय बिघामा धान खेती गर्न लागेको बताएको छ । देश खाद्यान्नमा परनिर्भर भइरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका यस कार्य आफैँमा उदाहरणीय, प्रशंसायोग्य र सह्रानीय छ । सरकारले कृषि क्षेत्रलाई बेवास्ता गरिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीले देशलाई आत्मनिर्भर बनाउनु पर्ने सन्देशसहित सुरु गरेको यो अभियानबाट सरकारले पाठ सिक्नु आबश्यक छ । सरकारले कृषकलाई समयमा मल बिउलगायत आबश्यक कृषि औजारको व्यवस्था र उत्पादित कृषि सामग्रीको बजार व्यवस्थापनमा ध्यान दिए देश खाद्यान्नमा आत्मनिर्भर मात्र होइन कृषिवाट नै देशको देशको अर्थतन्त्र नै मजबुत बन्ने निश्चित छ ।

तसर्थः सरकारले नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको कृषि क्रान्तिको सिको गर्दै देशवाट बाहिरिएका तमाम युवालाई सम्बोधन गर्ने गरी कृषि नीति ल्याउनु आबश्यक छ । बिदेशिएका युवालाई नेपाल भित्र्याएर कृषि क्षेत्रमा लागौं सके कृषिवाट नै देश आर्थिकरुपले सवल बन्नेमा कुनै शंका गर्नु पर्दैन । जव देश रेमिट्यान्सको भर पर्नु पर्दैन र आर्थिकरुपले सम्पन राष्ट्र बन्छ तव बैदेशिक हस्तक्षेप पनि स्वत हट्ने निश्चित छ । त्यसैले स्वाधीन राष्ट्र र सार्बभौम नागरिक हुनका लागि समेत कृषि क्षेत्रलाई मजबुत बनाउनुको बिकल्प छैन, सरकारको घैटोमा बेलैमा घाम लागोस् ।

प्रतिक्रियाहरु