महासचिव विप्लव सीद्वारा प्रस्तुत दस्तावेजमाथि समुहगत छलफल सुरु

२०८० जेष्ठ ११ गते, बिहीबार


काठमाडौँ । कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिबगढीमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको एकताको बिशेष बैठकमा महासचिव विप्लव सी ले प्रस्तुत गरेको ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ दस्तावेजमाथि समुहगत छलफल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी , कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टी र लक्ष्मण वर्देवा नेतृत्वको श्रमिक जनता पार्टीबिच एकता प्रक्रिया सम्पन्न भए पछि बसेको यो बैठकलाई एकताको बैठकको रूपमा लिइएको छ ।
आज बिहान अन्तरास्ट्रिय गित गाउदै शुरु भएको बैठकमा गत बैशाखमा एकता गरिएका माओवादी समाजवादी र श्रमिक जनता पार्टीसहितको एकता प्रक्रियालाई सबै केन्द्रिय सदस्यहरुले जोडदार तालि बजाएर खुशीयाली मनाएका थिए ।
राजनीति , संगठन, आर्थिक , सास्कृतिक, सुचना सञ्चार र विविध गरि १० ओटा एजेन्डा प्रस्तुत गरिएको बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्तावमाथी समुहगत रूपमा छलफल गर्न १० ओटा ग्रुपमा बिभाजन गरिएको छ भने प्रस्तावमा देशको समसामयिक परिस्थिति , आर्थिक- राजनीतिक संकट , नेकपाको ऐतिहासिक कार्यभार र पहलकदमी, आजको अन्तरास्ट्रिय अन्तरबिरोधको स्थिति ,नेपालमा कम्युनिस्ट , माओवादी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको ध्रुवीकरणको अपरिहार्यताका बिषयमा पार्टी दृस्टीकोण प्रस्तुत गरिएको बताइएको छ भने बैठक आगामी १३ गतेसम्म जारी रहने छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु