युवा संगठन नेपालमा दर्जनौ युवा समाहित

२०७९ चैत्र १० गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल सल्यानकाे शारदा नगर समितिकाे प्रथम सम्मेलनकाे उदघाटन समारोहमा झण्डै दुई दर्जन युवाहरु युवा संगठन नेपालमा समाहित भएको सो संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज प्रकाश गिरिले बताए । युवा संगठन नेपालमा समाहित हुने युवाहरु निराजन सिंह, कुमार राजगुरु, सुरज जिएम, विनय बुढाथोकी, बसन्त कुँवर, पारस रसाइली, करण नेपाली, चन्द्र केसि, अनिल राना, सन्तोष बस्नेत, बिशाल भण्डारी, रमेश बुढाथोकी, राजु याेगी, सुमन थापा, सुनिल जिएम लगायत रहेका छन् ।
कार्यक्रममा युवाहरुलाई नेपाल कम्युनिस्ट पार्टीका दक्षिण सल्यान जिल्ला सचिव वीर बहादुर सी, युवा संगठन नेपालका जिल्ला इन्चार्ज प्रकाश गिरि, पार्टीका जिल्ला सचिवालय सदस्य टाेप बहादुर सी, प्रेम सी लगायतले अबिर लगाएर युवा संगठनमा स्वागत गरेका थिए।
युवाहरुलाई युवा संगठनमा समाहित गराउदै कार्यक्रममा पार्टीका जिल्ला सचिव वीर बहादुर सीले, नेपालका सबै युवाहरु क्रान्तिकारी कित्तामा सामेल हुन आवश्यक रहेको बताए । आफ्नो संगठनमा समाहि हुने युवाहरुलाई आफ्नो संगठनमा स्वागत गर्दै साे संगठनका जिल्ला इन्चार्ज प्रकाश गिरीले जिल्लामा अरु धेरै युवाहरु आफ्नो संगठनमा समाहित हुन आतुर रहेको बताए । निकट भविष्यमा नै युवाहरु आफ्नो संगठनमा प्रवेश गर्ने लहर सल्यान जिल्लामा आउने युवा नेता गिरीले दाबी गरे।
युवा संगठनमा समाहित हुने युवाहरूको तर्फबाट आफ्ना धारणा राख्दै युवा निराजन सिंहले याे देशले नेकपालाई खाेजेकाे हुनाले आफुहरु उक्त पार्टीको सहायक संगठनमा समाहित भएको बताए । युवानेता सिंहले अरु विभिन्न स्थान र ठाउँमा रुमल्लिएका युवाहरुलाई आफुहरुले गरेजस्तै छिटो निर्णय गरेर नेपाल कम्युनिस्ट पार्टी र यसका विभिन्न संघ संगठनहरुमा समाहित हुन समेत आव्हान गरेका थिए ।

यसैगरी, सल्यानकाे शारदा नगरपालिकामा युवा संगठन नेपालकाे उक्त प्रथम नगर सम्मेलनबाट राेदिन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। सम्मेलनले श्रेष्ठकाे अध्यक्षतामा ११ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष निराजन सिंह, सचिव बिमल पाैडेल, सह-सचिव टाेपेन्द्र बाेहरा, काेषाध्यक्ष करण नेपाली रहेका छन् । त्यस्तै सम्मेलनबाट निर्वाचित सदस्यहरु सुरज जिएम, कुमार राजगुरु, विनय बुढाथोकी, सुमन थापा, सुमन सी र सुधन याेगी रहेका छन् ।
युवा संगठनकाे साे प्रथम सम्मेलनमा प्रमुख अतिथिकाे रुपमा नेपाल कम्युनिस्ट पार्टीका उत्तर सल्यान जिल्ला सचिव वीर बहादुर सी, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान इन्चार्ज प्रकाश गिरी, जिल्ला पार्टीका सचिवालय सदस्यद्वय टाेप बहादुर सी र प्रेम सी लगायतका नेताहरु अतिथि रहेका थिए।

प्रतिक्रियाहरु