‘दलाल पुँजिवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अनिवार्य ‘

२०७८ मंसिर १८ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मन्चका फ्रयाक्सन ईन्चार्ज चिरन पुन ‘मिलन’ले दलाल पुँजिवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अनिवार्य भएको ठोकुवा गरेका छन। जनगणतान्त्रिक सम्पर्क मन्च अन्तरर्गत प्युठान काठमाण्डौ सम्पर्क मन्च , अर्घाखाँची काठमाण्डौ सम्पर्क मन्च र ओखलढुङ्गा काठमाण्डौ सम्पर्क मन्च को संयुक्त जिल्ला भेला उद्धघाटन गर्दै नेता मिलनले सो ठोकुवा गरेका हुन् । नेता मिलनले भने – ‘ देशमा दलाल पुँजिवादी राज्यसत्ता क्रियाशिल छ, जसको कारणले गर्दा राष्ट्र र जनताको समस्याहरु जटिल अवस्थामा छन्, जबसम्म यो दलाल संसदीय ब्यवस्थाको अन्त्य हुनसक्दैन तबसम्म जनता र राष्ट्रको यो समस्या रहिरहन्छ । ‘


उनले देशमा चरम भ्रष्टाचार, कमिसनखोर, कालोबजारी, तस्करी, हत्या, हिंसा, आतङ्कले जनतालाई समस्या पारिरहेको कुरा वताउदै पार्टीमाथि लगाएको प्रतिवन्घ फुकुवा र ३ वुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । उनले सरकारले पनि ३ वुँदेसहमतिलाई अक्षरस कार्यन्वयन गर्न सक्नुपर्दछ अन्यथा जनताको जुझारु आन्दोलन अघि बढ्नेकुरा बताए । नेता मिलनले भने – ‘राष्ट्रघाति एमसिसि कुनै पनि हालतमा लागु गर्नु हुदैन यसले नेपालको सार्वभौमिकतामाथि अधिनायकवाद लागु गर्दछ । यसप्रकारको राष्ट्रघातप्रति हामीकसैले आँखा चिम्लन मिल्दैन यो खारेज हुनु पर्दछ । ‘ उनले आजको सहि वस्तुवादी कार्यनीति भनेको जनमत सङ्ग्रह मार्फत वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्नु हो । आजसम्म जनताले पार्टी र नेतालाई मतदान गरे, अब यो संसदवादी चुनावले समस्याको हल गर्न सक्दैन त्यसैले जनतालाई जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद तर्फ लैजानु अनिबार्य भएको बताए ।
उक्त संयुक्त जिल्ला भेलालाई जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रीय अध्यक्ष रत्न मगर, नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला कमरेड खेम घर्तिमगर, जनगणतान्त्रिक सम्पक मन्च केन्द्रीय सदस्य तथा अर्घाखाँची, पाल्पा र गुल्मी सम्पर्क मन्चको ईन्चार्ज विष्णु खत्री सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका सम्पर्क मन्चका महासचिव पूर्ण श्रेष्ठ, सचिवद्धय शुशिल बलम्पाकी, खेम प्रधान र कोषाध्यक्ष नरेन्द्र थापा, केन्द्रीय कार्यालय सचिव हिरा गौचनको समेतको उपस्थिती थियो । अर्घाखाँची काठमाण्डौ सम्पर्क मन्चका संयोजक अभिनास पौडेको अध्यक्षतामा सम्पन्न भएको संयुक्त जिल्ला भेलाको स्वागत ओखलढुङ्गा काठमाण्डौ सम्पर्क मन्चका संयोजक जिवन बुढाथोकीले गरेका थिए भने संयुक्त भेलाको संचालन प्युठान काठमाण्डौ सम्र्पक मœचका सचिव सरस्वती परियारले गरेको थिइन् । शहिदहरुप्रति १ मिनेट मौनधारणबाट अघिबढेको संयुक्त भेला एवान पार्टी प्यालेस चावाहिल काठमाण्डौमा सम्पन्न भएको य्हितो । उक्त संयुक्त जिल्ला भेलाले तिन ओटै जिल्लाको सम्पर्क समिति गठन गरेको छ । १९ सदस्यीय प्युठान काठमाण्डौ सम्पर्क समिति गठन गरेको छ । जसमा अध्यक्ष चुमानसिंह झाक्री, उपाध्यक्ष राजु सुनार, सचिव सरस्वती परियार, कोषाध्यक्ष एवन गिरी, सदस्यहरुमा राप्ती सागर, वसन्त पुन, तोयसागर राना, कुलमान केसी, संगीता झाक्री, मनोज आचार्य, दलबहादुर घर्तिलगायत रहेका छन ।


त्यस्तै अर्घाखाँची काठमाण्डौ सम्पर्क समितिको अध्यक्षमा अभिनाश पौडेल, उपाध्यक्ष शंकर शाही, सचिव मानसिंह विक, कोषाध्यक्ष संझना घर्ति, सदस्यहरुमा टेक जिएम, हिमा सुनार, सुमन नेपाली, शिला शाही, सुमन आचार्य, पुरुस्वक्तम घिमिरे, पवित्रा खत्री, हरी नेपाली, अनुप विक, शान्ता परियार, सिमा थापा र सल्लाहाकारमा कमरेड जगदिशचन्द्र नेपाली, मिनराज पौडेललाई निर्वाचन गरेको छ । भने ओखलढुङ्गा काठमाण्डौ सम्पर्क समितिको को १९ सदस्यीय समिति बनेको छ । जसमा अध्यक्ष जिवन बुढाथोकी, उपाध्यक्ष हर्कबहादुर तामाङ, सचिव स्मृति कार्की, कोषाध्यक्ष शुवास श्रेष्ठ, सदस्यहरुमा नवराज बुढाथोकी, सन्जोक लामा, कृष्ण केसी, गंगा खड्का, सविन कार्की, सुदिप कार्की, संगीता कार्की, रवि तामाङ, रविन तामाङ, अविनाश लामालगायत रहेका छन । संयुक्त जिल्ला भेलाले आगामी माघ ८ र ९ गते सम्पन्न हुने राष्ट्रीय सम्मेलनलाई भव्यढंगले सम्पन्न गर्न आ आफ्नो स्थानबाट भुमिका खेल्ने निर्णय समेत गरेको बताइएको छ ।

प्रतिक्रियाहरु