कोरोना भाइरसको नयाँ भेरिएन्ट : खोपको प्रभाव कम हुने चेतावनी

२०७८ भाद्र १५ गते, मंगलवार

काठमाडौँ । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले कोरोनाको नयाँ भेरियन्ट ‘सी.१.२’ पत्ता लागेको दाबी गरेका छन् । यो भेरियन्ट तीव्र रुपमा फैलिने र यस विरुद्ध हालसम्म विकसित खोपहरुको प्रभाव निकै कम हुने पनि उनीहरुले बताएका छन् । दक्षिण अफ्रिकाको नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी) का वैज्ञानिकहरु र इनोभेसन एन्ड सिक्वेन्सिङ प्लेटफर्मको अनुसन्धानले पत्ता लगाएको सी.१.२ भेरियन्ट सबैभन्दा पहिला गत मे महिनामा दक्षिण अफ्रिकामा देखिएको थियो ।
त्यसपछि सो भेरियन्ट कंगो, मरिसस, चीन, बेलायत, न्युजिल्यान्ड, पोर्चुगल र स्विजट्रल्यान्डमा समेत देखिएको उनीहरुको भनाइ छ । नयाँ भाइरसको जिनोम संख्या प्रत्येक महिना वृद्धि भइरहेको भन्दै अनुसन्धानकर्ताहरुले जिनो वृद्धिको दर मे महिनामा शून्य दलमलव २ प्रतिशतबाट जुनमा १ दशमलव ६ प्रतिशत र जुलाईमा २ प्रतिशतमा पुगेको बताएका छन् ।
अनुसन्धानकर्ताहरुले यो वृद्धि दरलाई दक्षिण अफ्रिकामा बेटा र डेल्टा भेरियन्ट देखिने ताकाको जस्तै भनेका छन् । केही निश्चित एन्टीबडीबाट इम्युन स्केप गर्न सम्बन्धित एन ४४० के र वाई ४४९ एच नयाँ भेरियन्ट सी.१.२ सिक्वेनसिङमा देखिएको रिपार्टमा उल्लेख छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु