एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

२०७८ श्रावण ५ गते, मंगलवार


काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । बैठकमा पार्टीमा मुल रुपमा देखा परेका समस्याका बारेमा छलफल हुने बताइएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बढ्दै गएको द्धन्दका कारण पार्टी एकता संकटमा परिरहेको छ । यो बीचमा केन्द्रीय कमिटी बैठक आज दिउँसो तीन बजे बस्न लागेको छ । सोमबार शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । सोमबार सोधिएको स्पष्टीकरणबारे समेत आज निर्णय हुने तामाङले बताए ।
यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावना रहेको जनाइएको छ । अध्यक्ष ओलीले नेता नेपालबाहेक अरु नेताहरु आए स्वागत गर्न तयार भएको कुरा पनि स्पष्ट पारिसकेका छन ।

प्रतिक्रियाहरु