फेसबुकमा अडियो सुविधा !

२०७८ असार ५ गते, शनिबार


काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप्ने तयारी गरेको छ । फेसबुकका अधिकारीहरुका अनुसार अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको छ । यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । यसका लागि गत अप्रिलमा नै नयाँ सुविधाका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले त्यसको तयारी भइरहेको फेसबुकले जनाएको छ । पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ ।अडियो सेवाका बारेमा इमेलमार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् ।
फेसबुकको न्यूजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने भएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु