सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच दोश्रो चरणको वार्ता सम्पन्न

२०७७ फाल्गुन १९ गते, बुधबार


काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । भट्टराईले वार्ता विषय केन्द्रीत रहेको र दुवै पक्ष समान धारणा नजिक पुगेको बताउदै वार्ता सकारात्मक निष्कर्षमा पुग्ने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्,’ नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित रह्यो । दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु