डेढ करोढ मूल्य बराबरको लागु औषधसहित पक्राउ

२०७७ कार्तिक ६ गते, बिहीबार


काठमाडौँ । सशस्त्र प्रहरी बलको ३१ नं गणको टोलीले बर्दियामा करिब डेढ करोढ मूल्य बराबरको लागु औषधसहित एक महिला पक्राउ गरेको छ । टोलीले विशेष सुचनाका आधारमा गुलरिया नगरपालिका–१ स्थित एक घरमा रुकुम खलङ्गा बाफीकोट गाउँपालिका–८ डुलेकी निर्मला बाँठा मगरलाई पक्राउ गरेको हो । शरीरमा बेरेको साढे पाँच किलोग्राम अफिम, झोलामा लुकाएको ५ किलो चरेश र १३ किलोग्राम अफिम फेला परेको बर्दियाका सशस्त्र प्रहरी उपरिक्षक नर बहादुर रावतले जानकारी दिए । निर्मलासंग रहेका अन्य फरार व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार