१२ वर्षमाथिका लाई मास्क अनिवार्य !

२०७७ भाद्र ७ गते, आईतवार


काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )ले मास्क सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै कोरोना संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि १२ वर्ष माथिका सबैका लागि मास्क अनिवार्य गर्नुपर्ने बताएको छ । किशोरकिशोरीहरुबाट बयस्कहरुबाट जस्तै संक्रमण फैलन सक्ने उसको भनाइ छ । मास्कको प्रयोगमा आफ्ना बालबालिकालाई अभिभावकले सहयोग गर्नुपर्ने पनि डब्लुएचओले जनाएको छ ।
पाँच वर्षसम्मका बालबालिकाले भने मास्क लगाउनु नपर्ने डब्लुएचओले जनाएको छ । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म विश्वभर ८ लाख आठ हजार भन्दा बढीको ज्यान भएको छ । संक्रमित हुनेको संख्या दुई करोड ३३ लाख हजार भन्दा बढी पुगेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु