सिचाइ डिभिजन कार्यालय बैतडीका प्रमुख २ लाख घुससहित पक्राउ

२०७६ फाल्गुन ७ गते, बुधबार

काठमाडौं, ७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सिचाइ डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख शुरेशराज भट्टलाई २ लाख घुससहित पक्राउ गरेको छ । अख्तियार टोलीले घुस लिएको भन्ने गोप्य सूचनाको आधारमा भट्टलाई २ लाख घुसहित पक्राउ गरेको हो । प्रहरीले खानतलासी गर्दा उनले लिएको घुस कार्यलयमै लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
भट्टले चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस लिएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रबिन्द्र श्रेस्टको कमाण्डमा खटिएको टोलीले भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पाण्डेयले जानकारी दिए । पक्राउ परेका भट्टको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेयको भनाइ छ ।

प्रतिक्रियाहरु