सेना चढेको बस पल्टिँदा १७ जना घाइते

२०७६ मंसिर २८ गते, शनिबार

काठमाडौं २८ मंसिर । पूर्वी नवलपरासीको कावासोती –३ पुरानो कावासोती बजारमा नेपालीसेना चढेको बस पल्टिँदा १७ जना घाइते भएका छन । सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको ४० यात्रु सवार बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ । अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । बस अनियन्त्रित भएर सडकबाट तल खसेको जनाईएको छ ।

प्रतिक्रियाहरु