मनसुन सक्रिय,प्रकोपबाट सचेत रहन आग्रह

२०७६ असार २३ गते, सोमबार

काठमाडौं, २३ असार । यस वर्षको मनसुन सक्रिय भएको छ । अब देशभर लगातार केही दिनसम्म वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन । आगामी तीन दिन देशका अधिकांस ठाँउमा भारी एवं मध्य किसिमको वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै अगामी ३ दिन देशका पानी नपरेको ठाँउको मौसम बदली रहने छ । त्यस्तै भारतमा रहेको न्यून चापीय रेखा नेपाल तर्फ आउँदै गरेका कारण पनि वर्षाको सम्भावना रहेको हो । लगातार दिनभर पानी नपरे पनि मोसममा गडबडि रहने छ । २-३ घण्टा पानी पर्ने, बदली हुने किसिमको मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण याे समयमा बाढी-पहिराे,चट्याङ जस्ता प्राकृतिक प्रकोपको सम्भावना हुन्छ । यस्ता प्रकोपबाट सचेत भएर रहन माैसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु