२०० केजी गाँजासहित दुईजना पक्राउ

२०७६ जेष्ठ २ गते, बिहीबार

काठमाडौं, २ जेठ । सर्लाहीमा प्रहरीले २०० केजी गाँजासहित बुधबार राति दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सनोजराज घिमिरे र वीरगन्ज महानगरपालिका–१८, भीस्वा घर भइ लालबन्दी बस्ने २२ वर्षीय सिधु सिंह छन् । उनीहरुलाई सुराकीको आधारमा पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लालबन्दीमा बिहीबार पत्रकार सम्मेलन गरी बरामद गरिएको गाँजा र पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो । सिन्धुली र मकवानपुरको पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा सर्लाहीको भित्री र खोलाको बाटो हुँदै भारतीय बजारसम्म लाने गरेको पाइएको छ ।

प्रतिक्रियाहरु