राजदूत शेर्पा बर्खास्त

२०७५ पुष २४ गते, मंगलवार

काठमाडौं, २४ पुस । अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । मानव तस्करी र श्रम शोषणको आरोपमा मुछिएकी शेर्पालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदुतवाट बर्खास्त गर्ने निर्णय गरेको हो । राजदुत शेर्पामाथि उनकै पूर्वसहयोगी तथा सवारी चालक वाङ्छु शेर्पाले श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । सोही मुद्धालाई लिएर परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण मागेको थियो । तर शेर्पाको लिखित जवाफ चित्त नबुझेपझ्दो नभएपछि परराष्ट्रले छानबिन समितिनै बनाएको थियो ।
यसका साथै छानबिन समितिले शेर्पालाई राजदूतमा निरन्तरता दिन नसकिने ठहरसहितको प्रतिवेदन बुझाएको थियो । त्यसपछि शेर्पा बर्खास्तीमा परेकी हुन् ।

प्रतिक्रियाहरु