नक्कली सुन देखाएर लाखौ ठगी

२०७५ बैशाख ६ गते, बिहीबार

काठमाडौं, ६ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुन बेच्ने दुईजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । नक्कली सुन देखाइ २८ लाख ६० हजार रुपैयाँ ठगी गर्ने दुईजनालाई प्रहरीले काठमाडौंको नागार्जुनबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप घर भइ भक्तपुर बस्दै आएका अजय तामाङ र सोही ठाउँ बस्ने विष्णु मोक्तान रहेका छन् । उनीहरुलाई स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पहेंलो धातुलाई सुनको लेप लगाइ सक्कली सुन भन्दै उनीहरुले बेच्ने गरेको खुलासा भएको छ । सोही कान्डमा संलग्न झापा घर भएका कर्ण लिम्बू भने फरार रहेको र उनको खोजी भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु