उखु किसान र उद्योगीबीच सहमति

२०७४ मंसिर २८ गते, बिहीबार

काठमाडौं, २८ मंसिर । प्रति क्वीन्टल मूल्य ५ सय ३१ रुपैंया २० पैसाबाट नघट्ने गरी उखु किसान र उद्योगीबीच उखु क्रसिङ शुरु गर्ने सहमति भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । उनका अनुसार हाललाई गतवर्षकै मूल्यमा किसानले भुक्तानी लिने र माघ दोस्रो साता उद्योगी, किसान र सरकारका प्रतिनिधी बसेर मूल्य कायम गर्ने सहमति भएको हो ।
यो सहमतिसँगै अब तराईका चिनी उद्योगले उखु क्रसिङ थाल्ने भएका छन् । वार्तामा उद्योगीहरुले अरु देशबाट आउने चिनीमा सरकारले भन्सारवृद्धि गरे गतवर्षको भन्दा मूल्य बढाउन सहमति जनाएका छन् ।
मूल्य कायम भएपछि किसानलाई बढोत्तरी रकम दिने सहमति समेत भएको महासंघका अध्यक्ष मैनालीले बताए । लामो प्रयासपछि मूल्य कायम हुँदा तराईका उखु किसान खुशी भएका छन् । उनीहरु चिनी उद्योग सञ्चालन नहुँदा स्थानीय क्रसर उद्योगमा सस्तो मूल्यमा उखु बेच्न बाध्य भएका थिए ।

प्रतिक्रियाहरु