‘ सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी’

२०७३ माघ २५ गते, मंगलवार

काठमाडौं,२५ माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । उनले वर्तमान सरकारलाई दिएको समर्थनको औचित्य समाप्त हुँदै गएको ठोकुवा गरेका छन् । आज विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले राजनीतिक सहमति गरी संविधान कार्यान्वयन र निर्वाचन गर्न सरकार असफल हुँदै गएकाले आफ्नो दलले दिएको समर्थनको औचित्य समाप्त हुँदै गएको बताए । उनले सरकारले तत्काल प्रभावकारी काम गर्न नसके आफ्नो दलले दिएको समर्थन फिर्ता लिने चेतावनी पनि दिए ।

प्रतिक्रियाहरु