‘न्युनतम पारिश्रमिक नदिए संसदमा लड्छौं ‘

२०७३ पुष २४ गते, आईतवार

काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका यूवा नेता एवम् पूर्व सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको कानुनको कान्तिपुरले पालना गर्नैपर्ने बताएका छन् । यदि कानुनको पालना हुन्न भने प्रतिपक्षको हैसियतले संसदमा गम्भीर रुपले उठाउने राईको धारणा थियो । ‘सञ्चारमन्त्री र कान्तिपुर पब्लिकेशन्स तपाईहरू सम्वेदनशिल हुनुस्, यदि हाम्रो पार्टीले यस बिषयमा संसदमा आवाज उठाउँनु पर्यो भने तपाईलाई असहज होला,’ पूर्व मन्त्री राईले प्रश्न गरे, ‘मागहरू जायज मात्रै होईनन् कानुनी मागहुन तपाई कोहो ? कानुन नमान्ने ? श्रमजिविको मुलधारमा आफूहरुले आन्दोलन गर्नुपर्यो भने स्थिति जटिल आउँने चेतावनी उनको थियो । राईले वर्तमान सञ्चारमन्त्रीलाई कुम्भकर्णझैँ सुतिरहेको आरोप लगाए । शनिबार राजधानीमा कान्तिपुर पब्लिकेशन्स संयूक्त संघर्ष समितिले आयोजना पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री राईले कान्तिपुरजस्तो सञ्चारमाध्यमले कानुनको बर्खिलाप गर्दासम्म पनि कुनै वास्ता नगरेको भन्दै वर्तमान सरकारका सञ्चारमन्त्रीलाई कुम्भकर्ण झैँ सुतेको आरोप लगाएका हुन् ।
आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको बेला आफुले संचारकर्मीका हकअधिकार र छापामाध्यमको अवस्था हेरेर राष्ट्रिय सञ्चार नीतिलाई राजअंकित पत्रमा धेरै असहजतालाई मोल्दै कार्यान्वयन गर्नको लागि कानुन बनाएको दाबी गरे। राईले भने,‘त्यति बेला सबै मिडियाका मालिक र पत्रकारहरूका कुरा सुनेर, धेरै बिचार गरेर मात्रै मैले त्यो निर्णय अघि लिएको थिएँ, बजेटमार्फत छापामाध्यमलाई सम्बोधन गर्ने र काम गर्ने श्रमजीवीका मागहरूलाई त्यहि अनुसारको तलवको ब्यबस्थापन गर्ने भन्नेमा सबैको सहमति भएको थियो।’
त्यस्तै कार्यक्रममा अखिल नेपाल टे«ड यूनियन महासंघका नेता गणेश रेग्मीले मजदुरहरुले उठाएका जाहेजमागहरु सम्बोधनका लागि कान्तिपुर व्यवस्थापक इमान्दार भएर लाग्नुपर्ने बताए । कानुनको पालना नगरे मजदुरहरुले कडोर आन्दोलन गर्ने र त्यसमा आप्mनो संगठनको पूर्ण सहयोग हुने रेग्मीले धारणा राखे । टे«ड यूनियन काँग्रेसका उपाध्यक्ष गणेश निरौलाले देशको आमुल परिवर्तन आउनुमा श्रमिकहरूको ठुलो योगदान रहेको भन्दै आज कान्तिपुर मात्रै नभएर धेरै मिडियाहरूमा आवद्ध श्रमिक पत्रकारहरूले पसिनाको उचित मुल्य नपाएको बताएका छन् ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका उपत्यका संयोजक जन्मदेव जैसीले प्रतिपक्षको हैसियतले एमाले सरकारको पालामा भएको न्युनतम पारिश्रमिक लागु गराउन संसदबाट पनि दवाव दिनुपर्ने बताए । ‘सडकबाट हामी लड्छौं संसदबाट एमाले लड्नुपर्छ,’ जैसीले भने । कान्तिपुरको बचाउ गर्दै नेपाल मिडिया सोसाइटीले एकतर्फी रुपमा कानुनविपरित बोलेर गल्ती गरेको भन्दै जैसीले त्यसको भत्र्सना पनि गरे । रुद्र कुमार पौडेल, अजुर्न पाठक, शिव प्रसाद काफ्ले, राजकुमार रिजाल, केदारनाथ दाहाल, शंकर लामिछाने लगायतले कान्तिपुर पब्लिकेशन्स संयूक्त संघर्ष समितिको आन्दोलनमा आफुहरूको ऐक्यवद्धता रहेको बताउदै सम्पूर्ण श्रमजिविहरूले आफ्ना अधिकारका लागि एकपटक फेरी लड्नु पर्ने धारण राखेका थिए ।

प्रतिक्रियाहरु