३३ किलो सुनको मालिक अझै पत्ता लागेनन्

२०७३ पुष २३ गते, शनिबार

काठमाडौं, २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बरामद साँढे ३३ किलो सुनको मालिक अझै पत्ता लगाउन सकिएको छैन । सुन बरामद भएको दुई दिन वितिसक्दा पनि प्रहरीले सुनका मालिकको खोजीमै छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बिशेष सुराकीको आधारमा सुन बरामद गरेपनि सुनको मालिक अझै पत्ता लगाउन नसकिएको ब्यूरोकी एसपी मीरा चौधरीले स्वीकारेका छन् । एयर अरेवियाको बिमानबाट दुवई हुँदै काठमाडौंमा बुधबार ल्याइएको सुन बिहीबार प्रहरीले बरामद गरेको थियो । सुनसँगै पक्राउ परेका तीन जनाले आफूहरु भरियामात्र भएको बयान दिएका छन् । -नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रियाहरु