उपत्यकाबाट पाँच लाख बाहिरिए

२०७३ आश्विन २० गते, बिहीबार

काठमाडौ,२० असोज । दशैं मनाउन उपत्यका छाड्नेहरूको संख्या दैनिक बढेको छ । पाँच दिनयता करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्यांक छ । नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजार सात सय पाँच सवारीसाधनमार्फत ६४ हजार तीन सय ५९ सर्वसाधारण बाहिरिएका छन् । सबै नाकाबाट गरेर सवा लाख सर्वसाधारण मंगलबार बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सबै नाकाबाट मंगलबार १० हजार ६६ सवारीसाधन बाहिरिएका थिए । मंगलबारभन्दा बुधबार नाकाबाट बाहिरिनेको संख्या बढेको छ । दसैँमा हरेक वर्ष करिब २० लाख सर्वसाधारणले उपत्यका छाड्छन् । त्यसमध्ये करिब १८ लाखले सार्वजनिक यातायात प्रयोग गर्ने ट्राफिक प्रहरीले जनाएको छ । – नयाँ पत्रिका दैनिकवाट

प्रतिक्रियाहरु