डीभीको आवेदन खुल्यो , भर्ने तरीका सहित

२०७३ आश्विन १८ गते, मंगलवार

काठमाडौं, १८ असोज । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) आज (मंगलबार) रातिदेखि खुला हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटदेखि अनलाइन आवेदन दर्ता खुला हुने जनाएको छ । मंगलबार रातिदेखि खुला हुने डीभी आवेदन कात्तिक २२ गते राति १० बजेर ४५ मिनेटसम्म दर्ता सकिनेछ । डीभी विजेताको घोषणा आगामी मे महिनामा हुनेछ । आवेदन निःशुल्क हुने र डीभी चिट्ठाका लागि कुनैपनि शुल्क नलाग्ने दूतावासले जनाएको छ । यस्तै, कुनै कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन पनि सुझाव दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले डीभी कसरी भर्ने र के–के चाहिन्छ ? भनेर आफ्नो वेबसाइटमा सम्पूर्ण विवरण उल्लेख गरेको छ । हामीले त्यसलाई जस्ताको तस्तै साभार गरेका छौं, तपाइँले तल पढ्न सक्नुहुनेछ ।
डि.भी. को आवेदन कसरी गर्ने ?
डि.भि.को आवेदन गर्न निशुल्क र सजिलो छ। तपाई आफै आवेदन भरि पैसा बचाउनुहोस्। अनि आवेदन पुरा गरि भरिएको निस्चित गर्नुहोस। डि.भि.को आवेदन गर्न तपाईँलाई के आवश्यक पर्दछ?
२. तपाईँ अनि तपाईँको श्रीमान्/श्रीमती र छोराछोरीको व्यक्तिगत विवरण
३. तपाईँ अनि तपाईँको श्रीमान्/श्रीमती र छोराछोरीको हालसालै खिचिएको २”x२” साइजको फोटो
४. उच्च मध्यमिक परीक्षा उतीर्ण प्रमाणपत्र वा योग्य पेशामा दुई वर्षको कार्यानुभव ।
डि.भि. को आवेदन कसरी गर्ने?
५. डि.भि. को आवेदन गर्न सजिलो र नि:शुल्क छ। निम्न पाइलाहरू अपनाउनुहोस्:
१. कुनै पनि इन्टरनेट भएको कम्प्युटरमा गई यो वेबसाइटमा जानुहोस् : www.dvlottery.state.gov
२ . तपाईँलाई निम्न सूचनाहरू उपलब्ध गराउन लगाइनेछ :
तपाईँको नाम, लिङ्ग , जन्म मिति, जन्म स्थान, जन्मेको देश
तपाईँ अमेरिकामा जोसँग बस्नुहुनेछ वहाँको पूरा नाम ठेगाना, बसोबास गरिरहेको देश, फोन नम्बर, ईमेल ठेगाना, हासिल गरेको शैक्षिक येग्यता
विवाहित/अविवाहित, सावधान: गलत सूचना दिनाले तपाई भिसाको लागि अयोग्य ठहरिन सक्नु हुनेछ! मुख्यत: तपाई जन्मनुभएको देश अनि सम्पूर्ण परिवारको सदस्यहरुको विवरण ठिक गरि आवेदनमा समावेश गरिएको होस्। तपाईले भर्नु भएको सूचनाहरु दोहोराएर हेर्नुहोस। तपाईको जन्म मिति, फोटोहरु अनि सम्पूर्ण परिवारको विवरणहरु ठिक गरि आवेदनमा समावेस गरिएको बारे बिशेष ध्यान दिनुहोस्।
३ . तपाईँको श्रीमान्/श्रीमतीको अनि बालबच्चाहरूको फोटो ६०० पिक्सेल x ६०० पिक्सेल (अर्थात् २”x२”) साइजको फोटो खिचेर हाल्नुहोस् । सावधान: कहिलेकाहीँ कन्सल्टेन्सीहरूको गल्तीले तपाईँहरूको फोटो अर्कै आवेदकसँग साटिनाले आवेदकहरू अयोग्य हुन जान्छन् । त्यस कारण तपाईँहरू आफ्नो आवेदनमा सही फोटो राख्‍न धेरै होसियार हुन जरुरी छ ।
४ . तपाईँले भर्नुभएको सूचनाहरू दोहोराएर हेर्नुहोस् । सावधान लेखिएका प्रश्‍नहरूमा विशेष ध्यान दिनुहोस् ।
५ .आफ्नो कन्फरमेशन नम्बर प्रिन्ट गरी सुरक्षित राख्‍नुहोस् । सावधान: तपाईँको कन्फरमेशन नम्बर सुरक्षित राख्‍न अत्यन्त जरुरी छ । तपाईँले डि.भि. जित्‍नुभएको वा नभएको र अन्तर्वार्ताको दिन हेर्न त्यही कन्फरमेशन नम्बर प्रयोग गर्नुपर्छ । हामीलाई प्राप्‍त सूचना अनुसार केही आवेदकले कन्सल्टेन्सीलाई विश्‍वास गरी आफ्नो कन्फरमेशन नम्बर दिएको अवस्थामा कन्सल्टेन्सीले ठूलो रकम असुली अन्तर्वार्ताको मिति उपलब्ध गराउने गरेको बुझिएको छ ।
६ . डि.भि.विजेताको घोषणा मई २०१७ मा गरिनेछ । यस समय तपाईँले www.dvlottery.state.gov मा गई आफ्नो कन्फरमेशन नम्बर राखेपछि आफूले डि.भि.जिते नजितेको थाहा पाउनुहुनेछ । सावधान: तपाइलाई कसैले डि.भि.दिलाईदिन्छु भनि आश्वासन दिएमा कहिल्यै कसैलाई पैसा पठाउन पर्दैन ।

प्रतिक्रियाहरु