जेष्ठ नागरिकद्वारा धर्ना

२०७३ आश्विन १७ गते, सोमबार

काठमाडौं, १७ असोज । जेष्ठ नागरिकहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै काठमाडौंको बानेश्वरस्थित मध्य सडकमा सुतेर धर्ना दिएका छन् । उनीहरुले सडकमा सुतेर धर्ना दिएका हुन् । राज्यले अग्रजहरुलाई सधै सौतेनी व्यवहार गरेको भन्दै राज्यले हेर्ने दृष्टिकोणमा परिर्वतन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरुको छ ।
अग्रज समाज नेपालमा अध्यक्ष महाप्रसाद पराजुलीले देशमा बढ्दै गएको भ्रष्टाचार, बढ्दो महँगी अन्त्यको लागि पनि सरकासँग माग गरे । उनीहरुले निमार्णाधीन भौतिक संरचना अग्रजमैत्री हुनु पर्ने पनि माग गरे । धर्नाका कारण बानेश्वर क्षेत्रमा केही समय यातायात अवरुद्ध भएको थियो ।

प्रतिक्रियाहरु