चिनियाँ राष्ट्रपति सी भ्रमणकाे महत्वलार्इ बुझाैं – भरत दाहाल

२०७३ भाद्र २४ गते, शुक्रबार

चिनियाँ राष्ट्रपतिकाे भ्रमणकाे कुरालार्इ केहि मानिसहरूले सामान्य सिष्टाचारका रूपमा लिएकाे देखिन्छ । सामान्य अवस्थामा कसैले नेपाल भ्रमण गर्दैमा वा नगर्दैमा अाकाश खस्छ भन्ने कुरा हाेर्इन तर यसबारेकाे बहसलार्इ ठिक ढंगले उठाउन नेपालकाे संकटलार्इ बुझ्नु पर्दछ । नेपालकाे संकटकाे मूख्य श्राेत अान्तरिक हाेर्इन। यसकाे श्राेत बाह्य रणनीति हाे । यूराे-अमेरिकन र इण्डियनहरूले नेपालमा गरेकाे हस्तक्षेपकाे एउटा मूख्य कारण चीनबाट तिब्बत विभाजन गर्नु हाे । तिनीहरूले नेपाललार्इ असफल बनाएर यहाँ चीन विराेधि अड्डा स्थापित गर्न चाहेका छन् ।
नेपाललार्इ चीन विराेधि अड्डा बनाउन खाेज्नुकाे कारण चीनले एउटा महाशक्तिका रूपमा कब्जा गर्दै गएकाे विश्व बजार बचाउनु र त्यसलार्इ सामरिक महाशक्तिका रूपमा उदाउन नदिनु रहेकाे छ। नेपाल मामिलामा पश्चिमा शक्तिहरू र भारतका बीचकाे रणनीतिक साझेदारिकाे कारण यहि हाे ।
चीनले नेपाली भूमिबाट यूराे-अमेरिकन र इण्डियन गठबन्धले अाफ्ना विरूद्धमा बेदखलि गर्न नपाउने ग्यारेन्टी खाेजेकाे छ । पछिल्लाे समयमा सबैले बुझ्नेगरि नेपालसंगकाे संबन्धलार्इ सुदृढ गर्न त्यसले देखाएकाे सकृयताकाे मूल कारण यहि हाे । याे नीतिसंग हाम्रा हितहरू जाेडिएका छन् ।
चीनसंगकाे संबन्ध जति सुदृढ हुँदै जान्छ, हाम्राे देशलार्इ भताभुङ्ग पारेर स्वार्थ पूरा गर्न पसेका साम्राज्यवादीहरूकाे पकड त्यत्तिकै कमजाेर हुँदै जान्छ र तिनीहरू नेपालबाट निस्किनु पर्ने अवस्था अाउँछ। अहस्तक्षेपकाे नीतिमा अडेकाे चीनसंग संबन्ध विस्तार हुनु हाम्राे संकट समाधानकाे एउटा पाटाे हाे ।
चिनियाँ राष्ट्रपतिकाे भ्रमणलार्इ राेक्न भैरहेकाे षडयन्त्रकाे विराेध हुनुकाे कारण हाम्राे हित हाे । हामीले कसैकाे विराेध र कसैकाेअन्रूधभक्पतिका रूपमा याे कुरा उठाएका छैनाैं । नेपालमा चिनियाँ फ्याक्टर नजाेडिएकाे भए हामी अाज कहाँ हुन्थ्याैं भन्ने तथ्य खुलस्त छ । चीनसंग युद्ध हुने डरले मात्र पश्चिमा साम्राज्यवादी र इण्डियनहरूले नेपालमा सैना हुल्न सकेका छैनन् ।

प्रतिक्रियाहरु