अख्तियारद्वारा एक हजार तीन कर्मचारीलाई जरिवाना

२०७३ श्रावण २६ गते, बुधबार

काठमाडौं, २६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक हजार तीन जना कर्मचारीलाई जरीवाना गरेको छ ।अख्तियारले निर्धारित समयमा सम्पती विवरण नबुझाएको भन्दै उनीहरुलाई जरीवाना गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्तिका अनुसार प्रतिव्यक्ति पाँच हजारका दरले जरीवाना गर्ने निर्णय गरेको छ ।
गत आर्थिक वर्षमा विभिन्न निकायमा नियुक्ति पाएर साठी दिनभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाही स्वरुप जरिवाना गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रतिक्रियाहरु