जिल्ला अदालत ताप्लेजुङले लक्षित मुद्धा फैसला मापदण्ड पूरा गर्ने

२०७३ असार २८ गते, मंगलवार

काठमाडौं, २८ असार । जिल्ला अदालत ताप्लेजुङले दोश्रो न्यायिक रणनीति लागु भएयता पहिलो पटक लक्षित मुद्धा फैसला मापदण्ड पूरा गर्ने सोमबार पत्रकारसँग छलफल कार्यक्रम आयोजना गरी जानकारी गराएकोे छ ।
यस वर्ष ताप्लेजुङमा कुल ४ सय आठ मुद्धा फैसला गर्नुपर्नेमा ४ सय २ ओटा विभिन्न किसिमका मुद्धा फैसला गरिसकेको छ । असार मसान्तसम्ममा बाँकी ६ ओटा मुद्धा फैसला गरेपछि लक्षित मुद्धा फैसला मापदण्ड पूरा हुने जिल्ला अदालत ताप्लेजुङका माननीय न्यायधिस अशोक कुमार बस्नेतले जानकारी दिए ।
धेरै पूरानो मुद्धालाई किनारा लगाउने गरी फैसलालाई अगाडि सारिए पनि ८ ओटा १ वर्ष पूरानो र २ ओटा डेढ वर्ष पूरानो मुद्धा फैसला गर्न बाँकी रहेको र ति सम्पूर्ण पूरानो मुद्धालाई आउँदो आर्थिक वर्षको प्रारम्भदेखि नै फैसला गरिने जिल्ला न्यायधिस बस्नेतले जानकारी गराएका छन् ।
यस आर्थिक वर्ष (२०७३ साल असार २७ गते) मा जिल्ला अदालत ताप्लेजुङमा ज्यान मुद्धा २८, लेनदेनका ४१, जालसाझीका ४७, जबरजस्ती करणीका १८, अंशका ८७ र सम्बन्ध विच्छेद र अंशका ८६ गरी कुल ५ सय ६९ मुद्धा दायर भएका थिए । जसमध्ये नयाँ ४ सय १४ र अघिल्लो वर्षका १ सय ५५ ओटा मुद्धा हुन् ।
मुद्धा फैसला हुन बाँकी रहेकामा जबरजस्ती करणीका १८ मध्ये ३, अंश र सम्बन्ध विच्छेदका ८६ मध्ये ५४, ज्यान मुद्धाका २८ मध्ये ९ र लेनदेन, जालसाझी र जबरजस्ती करणी, अंश र अंश र सम्बन्ध विच्छेदका गरी कुल ४०२ मुद्धा फैसला भईसकेका छन् भने १६७ ओटा मुद्धा फैसला गर्न बाँकी छन् ।
अहिले जिल्ला अदालत ताप्लेजुङमा २ वर्ष पूरानो कुनै पनि मुद्धा छैनन् । तर विभिन्न समयमा विविध कारण मुल्तबिमा रहेका मुद्धा फैसला भएका र नभएका गरी १२४ ओटा थिए । जसमध्ये अझै ९८ ओटा मुद्धा मुल्तबि मुद्धा फैसला हुन बाँकी छन् । आर्थिक वर्ष ०७३÷०७४ देखि व्यवस्थित कार्य योजनालाई पूर्ण रुपमा पालना गरी कार्य सम्पादन गरिने र कुनै पनि पुरानो मद्धालाई नलम्ब्याउने जिल्ला न्यायधिस अशोक कुमार बस्नेतले प्रष्ट पारे ।- आलोक माबोहाङ् लिम्बू

प्रतिक्रियाहरु