चौधरी पक्राउको विरुद्ध १० घटक संगठन

२०७३ असार २७ गते, सोमबार

काठमाडौं, २७ असार । नेपाल आदिवासी जनजाती महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष गणेश कुमार चौधरीलाई प्रहरी ले दुइ(२०७३।३।२४गते) दिन पहिले गरेको पक्राउको विरुद्धमा महासंघ आवद्ध जिल्लाका जनजाती घटक संगठनहरुले संयुक्त विज्ञप्ती निकालेर गम्भिर ध्यान आकर्षण भएको जनाएका छन ।
महासंघसंग आवद्ध १० वटा जनजाती संगठन ले निकालेको संयुक्त विज्ञप्तीमा भनिएको छ । “गत असार २४ गते नेपाल आदिबासी जनजाती महासंघ कपिलवस्तुका अध्यक्ष गणेशकुमार चौधरीलाई आफ्नै घरमा बसेको अवस्थामा सादा पोषाक धारी सुरक्षाकर्मीले अत्यन्तै गैरजिम्मेवार पुर्ण तरिकाले अपहरणकारी शैलीमा गिरफ्तार गरिएको छ । साथै मानवअधिकार को ठाडो उलंघन गरी अमानविय तरिकाबाट हिरासतमा राखिएको निन्दनिय कार्यप्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ । ” साथै राज्यपक्षबाट भएको यस्तो क्रियाकलापले नेपालका आदिबासी जनजाती हरु प्रति राज्यको अझै पनी विभेदकारी निती छ भन्ने प्रमाणीत गरेको छ विज्ञप्तीमा थप भनिएको छ ।
जातिय घटक हरु थारु कल्याणकारीणी सभा कपिलवस्तु अध्यक्ष जन्जीर चौधरी , नेपाल मगर संघ कपिलवस्तु अध्यक्ष धनब. पुन मगर , तमु छोजधी अध्यक्ष विन्द«ा गुरुङ, तामाङ झेदुङ्ग संघ कपिलवस्तु अध्यक्ष कर्ण लामा , नेवार समाज अध्यक्ष चित्र लाल श्रेष्ठ , कुशवाडीया समाज अध्यक्ष राम जस कुशवाडीया अखिल नेपाल जनजाती महिला संघ अध्यक्ष रञ्जु चौधरी , नेपाल मगर महिला संघ अध्यक्ष लक्ष्मी थारु र नेपाल मगर युवा संघ कपिलवस्तु अध्यक्ष कुल बहादुर सोमै लगायत को नाम सहित आदिबासी जनजाती महासंघ कपिलवस्तु सचिव विमल सारु मगर द्धारा हस्ताक्षरित विज्ञप्तीमा निज चौधरी लाइ निसर्त रिहा नगरे संयुक्त जनजाती संगठनले कडा संघर्ष सहितको आन्दोलन गर्ने बताइएको छ । साथै यसरी विनाकारण पक्राउ गरिनु राज्यको ठुलो कमजोरी रहेको औल्याउँदै गल्ती तत्काल सच्चाउन समेत भनिएको छ ।- सोनुकुमार सुनार

प्रतिक्रियाहरु