बादल हतकडीसहित प्रहरीको फन्दामा

२०७३ असार २६ गते, आईतवार

काठमाडौं, २६ असार । हतकडीसहित फरार भएका २२ वर्षीय बादल भन्ने आकाश थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कलंकीमा हतकडी लगाई राखिएको अवस्थामा उनी हत्कडी सहित फरार भएकोमा खोजतलास गर्ने क्रममा उनलाई स्वयम्भु स्थित उनकै कोठामा प्रहरीले फेला पारेको थियो ।
मगरलाई शनिबार काठमाडौँ महानगरपालिका–१४ कलंकी स्थित नेपाल कलेजको कम्पाउण्ड भित्रबाट स्थानीय बासिन्दाले पाकेट मारी गरेको भनी नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु