‘मोटो’लाई छैन् सिट !

२०७३ असार २५ गते, शनिबार

काठमाडौं, २५ असार । काठमाडौं टोखाका ३२ बर्षीय सबुज अधिकारीको तौल ११४ किलो छ । तौल घटाउन उनले निकै कोशिस गरे । तर उनी सफल हुन सकेनन् । तौलका कारण उनले विभिन्न शारीरिक समस्या बेहोर्नु परेको छ । त्यो भन्दा ठूलो समस्या सार्वजनिक सवारी चढ्दाको समयमा हुने गरेको छ । ‘अरु मोटा यात्रुहरु टेम्पो, माइक्रोका सहचालकले गरेको दुब्र्यवहार देखेपछि मैले यी सवारी चढ्नै छाडिदिँए,’ उनले भने, ‘सार्वजनिक स्थलहरुमा आफ्नो मोटाइको बारेमा हुने नकरात्मक टिप्पणी निक्कै दुःखलाग्दो हुने गर्छ ।’
प्रायः मोटरसाइकल चढ्ने उनी आवश्यक परेको बेलामा ट्याक्सी भाडामा लिएर यात्रा गर्ने तर माइक्रो तथा टेम्पो नचढ्ने गरेको सुनाए । सबुजकी आमा सरस्वती अधिकारीको तौल पनि ९५ केजी छ । उनकी आमाले पनि सवारी साधनमा ओहोरदोहोर गर्दा मोटाईको बारेमा गरिएको टिप्पणी झेलेको उनले सुनाए ।
‘त्यसपछि मैले आमालाई पनि सहरबजार जाँदा ट्याक्सीमा लैजाले र ल्याउँने गरें,’उनले थपे, ‘आमाको मोटाइका बारेमा गरिएको कुनै पनि टिप्पणी म सहन सक्दिन् ।’
यो समस्या अधिकारी परिवारको मात्र होइन । काठमाडौंमा सार्वजनिक सवारीमा ओहोरदोहोर गर्ने शारीरिक रुपमा केही मोटा रहेका सर्वसाधारणको पनि साझा समस्या हो ।
सिट बढी ओगट्ने भन्दै टेम्पो तथा माइक्रोका चालक, सह–चालकले उनीहरुलाई चढाउन सकभर मन नपराउने गरेको देखिएको छ । जसबाट उनीहरु मानसिक रुपमा पीडित हुने गरेका छन् । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु