नक्कलि नेतागिरी कहिलेसम्म चल्छ ? – भरत दाहाल

२०७३ असार १८ गते, शनिबार

एमालेभित्रका केहि मानिसहरूले पार्टीमा झुण्डिएकाे “कम्युनिष्ट” शब्द हटाउने बहस चलाएकाे प्रचार गरेर अाफूलार्इ ठूलै सिद्धान्तवादी र नवीन चिन्तक देखाउन थालेका छन्। एमालेभित्र काेहि सिद्धान्तवादी भएर यस्ताे बहस हुन लागेकाे हाेइर्न। बहसकाे नारा उठ्नुका पछाडि “साेसलिष्ट र्इन्टरनेशनल” नामकाे संस्थाकाे पम्पले काम गरेकाे छ। साे संस्था यूराेप केन्द्रित भएर दाेश्राे विश्वयुद्धपछि गठन भएकाे थियाे, जसकाे मूख्य सिद्धान्त अमेरिकाले साम्यवादकाे प्रसारलार्इ राेक्न नसकेकाे हुँदा पूँजीवादी राजनीति र मार्क्सवादी अर्थतन्त्रलार्इ मितेरी लगाएर प्रजातान्त्रिक समाजवादकाे डम्फू बजाउनु पर्छ भन्ने थियाे।
यसै संस्थाकाे उपाध्यक्ष विपी काेइराला थिए र अहिले कांग्रेसका तर्फबाट सायल शेरबहादुर देउवा छन्। साेवियत संघकाे विघटनपछि साम्यवादकाे विराेध गर्ने हतियार नभएपछि तितरवितर जस्तै भएकाे यसै संस्थाले एमालेलार्इ अाफ्नाे सदस्य बन्न प्रस्ताव गरेकाे छ। कांग्रेस भुत्तिदैं गरएकाे हुनाले त्यसलार्इ अलि उर्जा दिने सदस्यहरू चाहिएकाे छ। त्यसकाे प्रस्तावमा एमालेका सबै शिर्ष नेताहरूले सहमति जनाएका छन् तर अाफ्नै जीवन कालमा एकाएक “कम्युनिष्ट” शब्द हटाउँदा बेइज्जति हुने र वामपन्थी भाेटरहरू कट्ने डरले यसका लागि बहस चलाएर वातावरण बनाउने सहमति एमाले नेताहरूमा भएकाे छ।
तर एकथरि नेताहरूले अाफू मरेपछि नाम फेर्ने वातावरण मात्र बनार्इ दिनु पर्ने कुरा गरिरहेका छन् भने अर्काेथरिले अहिल्यै फेर्नु पर्ने अडान लिएका छन्। याे भर्खरैकाे कुरा हाे। “साेसलिष्ट र्इन्टरनेशनल”ले पछाडिबाट दिएकाे पम्पलार्इ अाफ्नै दिमागकाे उपज हाेलाझैं गरेर एमालेका केहि स्वनामधन्य नेताहरू ठूलै सिद्धान्तकार बन्ने धुनमा लागेका छन्। अमेरिकी राजदूत अाफ्नाे पार्टी कार्यालयमा जाँदा एमाले नेताहरूले मार्क्स, एंगेल्स र लेनिनका फाेटाहरू भित्ताबाट झारेर टेबुल मुनि लुकाएकाे कुराले दशक नाघि सकेकाे छ। त्यसले नाम फेर्ने काम पहिल्यै गरिसक्नु पर्ने थियाे। जनतालार्इ एउटा कुरा देखाएर ठगिकाे धन्धा गर्ने नेपालकाे सत्ता संस्कारमा हुर्केकाे हुनाले यस्ताे छलछाम जारि छ।

प्रतिक्रियाहरु