दुई किलो अफिमसहित तीनजना पक्राउ

२०७३ जेष्ठ २४ गते, सोमबार

काठमाडौं, २४ जेठ । इलाका प्रहरी कार्यालय बाराले दुई किलो अवैध लागूऔषध अफिमसहित तीनजनालाई पक्राउ गरेको छ । बाराको जीतपुरबाट आइतबार समातिएकाहरुलाई सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । सार्वजनिक गरिनेमा मकवानपुर डाँडाखर्क–३ का धीरेन्द्र स्याङतान, पर्सा सखुवाका धर्मराज राउत र मकवानपुर मनहरी ज्यामिरे–७ का रामशरण गिरी छन् । प्रहरीको गस्ती टोलीले शंकास्पद अवस्थामा रहेकाहरुलाई खानतलासी गर्नेक्रममा अफिमसहित पक्राउ गरेकोे हो । पक्राउ परेकाहरु विगत लामो समयदेखि अफिमलगायतका लागूऔषधका ‘नामुद कारोबारी’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
एक वर्षयता सिमरा प्रहरीले लागूऔषध चरेस, अफिम, गाजा, खैरो हिरोइनलगायतका ४५ ओटा मुद्दामा ६२ जना पुरुष र तीनजना महिला पक्राउ गरी कारबाही गरिसकेको जनाइएको छ ।

प्रतिक्रियाहरु