आत्मासमर्पणवादीहरुको यथार्थ जायजा – पुष्पगोपाल श्रेष्ठ

२०७३ जेष्ठ २१ गते, शुक्रबार

रुपमा मालेमावादी माला जप्दै आफ्नै व्यक्तिगत स्वार्थ परिपुर्तिको निमित्त देश र जनतालाई लात(धोका दिएर)मार्दै विदेशी शक्तिकेन्द«सामू निर्लज ढङ्गले लम्पट जस्तै लम्पसार परि पद, प्रतिस्था र पैसाको निमित्त मरिमेट्न तयार ती दक्षिणपन्थी नवसंशोधनवादीहरु को मानसिक्ता कति गए गुज्रिएका हुन्छन् भन्ने कुरो, हालै मात्र पार्टीभित्र दुइलाइन संघर्षको दौरानमा नाङ्गो रुपले धाँत, छल गरी सिंगो पार्टीलाई ढोका दिई, विगतमा जस्ले सैद्धान्तिक विचलनमा परि देश र जनतालाई थाङनामा सुताई प्रतिक्रान्तिकारीहरुका मतियार बन्न पुगेको भनी आपैmले लात मारी थुकेर आएको, पुर्ववत आफ्नो अडानलाई त्यागेर एका एक आश्चर्यजनक ढङ्गले पार्टी एकताको नाउँमा विगतमा तिन(एमाओवादी)ले गरेका गएरसैद्धान्तिक काम कुरा सबै स्वीकार्दै, बादलले नयाँ जनवादी क्रान्तिप्रति विश्वासघाट गरी, फासिष्ट हिटलरद्वारा प्रतिपादित ‘राष्ट्रिय जनवाद’ अर्थात राष्ट्रिय प्रजातन्त्र खु्रइचोव तथा तुल्सिलाल पक्षिय विचारको प्रस्ताव प्रस्तुत गरी नेपाली नयाँ जनवादी क्रान्ति विरोधि दक्षिणपन्थी नवसशोधनवादी सोच अगाडि सार्न मै व्यस्त रहि आएका थिए ।
देशमा आमूल परिवर्तन गरी नयाँ जनवादी राज्य–व्यवस्था कायम गर्न, जनयुद्धमा होमिएका सच्चा क्रान्तिकारीहरुलाई छक्याई लोकतान्त्रिक गणतन्त्र नाउँ गरेको चोर बाटो तयगरे पश्चात तत्कालिन नेकपा(माओवादी)का प्रमुख नेतृत्व सम्हालिआउनुभएका प्रचण्ड र बाबुराम कम्पनिले दिल्लीमा पुगेर, ऐतिहासिक दस वर्र्षीय महान जनयुद्धकै क्रममा पार्टीको सैद्धान्तिक अदानसँगै देशमा जुझारु एवम् घनिभूत ढङ्गले अगाडि बढदै गरेको जनयुद्धमा सरिक आम–जनलहरविरुद्ध भारतीय विस्तारवाद सामु, पहिले नै भारतीय दलालमा दर्ज भइसकेका संसदीय दलहरुसंग दिल्लीमा, विस्तारवादकै नीति निर्देशनलाई शिरोधार्य गरी १२ बुँदे नाउँ गरेको आफ्नै मृत्यु(आत्मासमर्पण) पत्रमा ल्याप्चेलाउन पुगेका थिए । आज आएर फेरी आफु सच्चा क्रान्तिकारी कम्युनिष्ट हुँ भन्न नथाक्ने बादलले उहि मृत्यु पत्रलाई नविकरण गर्दै राष्ट्रिय स्वाधिनताको संकटमा अरु जतिल्ता थप्न पुगेका छन् । पार्टी एकताको नाँउमा भेला भएका भिडबाट नवगढि गरिएको भनिएको नेपाल माओवादी केन्द«का दोश्रो तहको नेता बनी, आपूmभित्र लुकि बसेको आफ्नो छविलाई सबैको सामु खुलस्त र प्रष्ट हुनेगरी आपैm नाङगेझार बन्न पुगेका छन् ।
हामी हजारौं वर्षदेखि जरो गाडेर बसेको सामन्तवादी राजतन्त्रिय व्यवस्थालाई फालेर ब्यँुझेका छौं । तर, हामीले स्वामित्वमा आधारित व्यवस्था फेरन सकेका छैनौं र फेरन बाँकि नै छ । शुद्धिकरण अभियान, दक्षिणपन्थी नवसंशोधनवादी(अवसरवादी) हरुविरुद्धको लडाईमा नै अल्झिनु परिरहेको छ, यसमा पूर्ण सफलता हासिल भएको छैन् । र अरु जतिलता थपिन्दै आइरहेको छ । हाम्रो देश नेपाल भूगर्भिय (जलश्रोत र खनिज पदार्थहरु) श्रोतको हैसियले धनि भएर पनि, सदुप्रयोग गर्न नसक्नु सत्तामा रहिआएकाहरुको नोकरशाहि(दासि) प्रवृतिले गर्दा गरिब र कङगाल छन् । जो–जो गरिब छन्, उनीहरुको आफ्नो भन्नु नै केहि छैन । जो गरिब र कङगाल छन्, उनीहरु खालि कागज जस्ता हुन् । त्यसो त गरिब हुनु पनि एक हिसावले रामै्र कुरा हो, कुन अर्थमा भने यसले तपाईलाई क्रान्तिकारी बन्न मद्दत पु¥याउँछ । हुन पनि खाली कागजलाई धेरै उपयोग गर्न सकिन्छ । खाली कागजमा लेख्न पनि सकिन्छ र त्यसैगरि चित्र कोर्न पनि सकिन्छ ।
विश्वमा साम्राज्यवाद(पूँजीवाद)को ताण्डव नृत्य देखेर ‘बहुलाएको’ निम्नबुर्जुवाहरु, त्यो सामाजिक घटना हो, जुन अराजकतावाद जस्तै सबै पूँजीवादी देशहरु र हाम्रो जस्तो अर्धसामन्ति र अर्ध–नवऔपनिबेसिक देशको लागि स्वाभाविक छ । यस्तो क्रान्तिकारीताको अस्थिरता, यसको बाँझोपन र धेरै छिटो आत्मसमर्पण गर्ने, उदासिनतामा बदलिने, कल्पनाको सागरमा हामफाल्ने, कुनै न कुनै ‘प्रचलित’ बुर्जुवा प्रवृतिप्रति ‘उनमादपूर्ण’ लगाउनसम्म पनि परिणत हुने अथवा आदर्श मान्नेताले मात्रै क्रान्तिकारी पार्टी पुराना गल्तिहरुबाट मुक्त हुँदैन । यी गल्तिहरु जहिले पनि अप्रत्यशित मौकामा केहि नयाँ, त्यस बेलासम्म अपरिचित भेष वा आवरणमा, असाधारण, धेरथोर असाधारण परिस्थितिमा पैदा हुन्छ । जस्तो अहिले भकखरै मात्र भने जस्तो हाम्रो देशमा घटना घटेको छ ।
यस्तो स्थितिमा निराशा र कुण्ठाले क्रान्तिलाई पराजयको पराकास्थामा पु¥याई दिन्छ । क्रान्तिकारीहरु यस अर्थमा आपूm अलि बढि सचेत भई जागरुक रहिरहनु नितान्त जरुरी छ । क्रान्तिकारीहरुको निमित्त निराशा र कुण्ठा जस्ता अत्यन्तै धृणास्पद विषय हुन् । यस्ता विषय वस्तुले उनीहरुलाई छुन पनि सक्तैन । क्रान्तिकारीहरु भनेका त चमचमाउँदो जाजोलेमान प्रकाश हुन । उनीहरुको सामु जे जस्तो सुकै विघनवाधाहरु आइपरेतापनि किंचित नहिचकिचाई दतेर सामना गर्दै त्यस्ता बाधा–अर्चनहरुलाई ढुलो चताई, आपूm निरन्तर अगाडि बढिरहनु नै क्रान्तिकारीहरुको चिनारी हो । यतिखेर हामी सबैखाले निराशा, कुण्ठा, पलायन, आत्मासमर्पण आदिका विरुद्ध जुद्धै तथा साम्यवादको उदात्त आदर्शद्वारा अभिप्रेरित हुँदै निरन्तर क्रान्तिको दिशामा क्रान्तिकारी आशावादले समृद्ध भएर दृढतापूर्वक अगाडि बढनु नै हाम्रो आजको मूल दाईत्व हो ।
यतिखेर ती पुच्छरवादी(आत्मासमर्पणवादी)हरुले अत्यन्तै निक्रिस्ट ढङ्गले निराशा, कुण्ठा, पलायन तथा आत्मासमर्पण जस्ता धृणित रेशाले बुनी फालेर गएका षडयन्त्रको जालोभित्र प्रज्वलित भइरहेको हाम्रो आशा जिउँदो–जाग्दो छ । हाम्रो देशमा भित्र–भित्रै क्रान्तिप्रति उत्साहको छाल उठिरहेको छनक पाईन्छ । त्यसो भएकाले हाम्रो देश अणु जस्ता बन्नपुगेको छ भन्नु सा¥है सही हुन्छ । जब अणुको न्यूक्लियस विस्फोट गराईन्छ त्यसले भयङकर ठूलो उर्जा पैदागर्छ । त्यसैगरि हामी पनि पहिला गर्न नसकेका कामहरु अहिले सम्पन्न गर्नुपर्छ र गर्नेछौं । क्रान्तिकारीहरु, देशभित्र जवरजस्त रुपले देखापर्दै आइरहेको विद्यमान बस्तुगत तथा राजनैतिक स्थितिप्रति गम्भिरतासाथ क्रान्तिकारी सचेतता अपनाई जागरुक रहिरहनु नितान्त जरुरी छ ।
लेनिन भन्नु हुन्थ्यो–“सारसङग्रवादीहरु यात असंस्कृत मानीस हुन् या धूर्त ।”‘माक्र्सवादलाई अवसरवाद बनाउने जालसाजी अन्तरगत सारसङग्रवादलाई द्वन्दवाद बनाउने जालसाजीद्वारा जनसमुदायलाई धोका दिनु ज्यादै सजिलो हुन्छ ।’ ठीक यसैकारण आजको युगमा तमाम् प्रकारका प्रतिक्रियावादी तथा अवसरवादीहरुले माक्र्सवादका विरुद्ध संघर्ष गर्दा सारङग्रहवादको उपयोग गर्दै आएका छन् । र यसबारे सच्चा माक्र्सवादी हरु अत्यधिक सतर्क रहन जरुरी छ । हो हामीले देखेर भोगेर पनि व्यलामा सचेत र सतर्क हुन नसक्नुको परिणाम यसरी बारमबार अप्रिय घटना भोग्नु परिरहेको छ । अर्थात हिजोका क्रान्तिकारी आज पनि र सदाबहार क्रान्तिकारी नै भइरन्छ भन्ने कुनै ग्यारेष्टि हुन्न भन्ने कुरा थाहा हँुदा–हुँदै, अनजान बनी अाँखा चिम्लेर एकोहोरो पाराले विश्वास गरि बस्नु कै कारण बारम्बार यस्तो अप्रिय घटना घटन पुगिरहेका छन् । अब आउँदा दिनमा प्रत्येक क्रान्तिकारीहरुले आफ्ना प्रत्येक सहयात्रिहरु प्रति पूर्ण रुपले विश्वास गर्नुसँग सँगै उनका सोच र क्रियाकलापप्रति सतर्कतापूर्ण निगरानि पनि राख्तै गर्नु जरुरी हुन आउँछ भन्ने कुरा हेक्का राख्नु जरुरी छ, तर खराब अर्थमा होइन ।
हामीले त्यो कुरा पनि भुलेका छैनौं, विदेशि शक्ति केन्द«को इसारामा आफ्नै दौंतरिहरुमाथि गोलि प्रहार गर्न छाति फरकाएर उनिहरुका बन्दुक बोक्न आफ्नो काँध थापे र बहादुरि जताउन पुगेको । अर्थात बहुदलिय प्रजातन्त्रकै खिल्ली उदाउने गरी, सर्वोच्च अदालतका बहालवाला प्रधान न्यायधिस खिलराज रेग्मीको अध्यक्षतामा निर्दलिय सरकार गठन गरी, उसैको मातहतमा हुन गइरहेको कठित दोश्रो संविधानसभाको चुनाव वहिस्कारमा लागेका नेकपा–माओवादीको नेतृत्वका ३३ दलिय मोर्चा तथा अन्य देशभक्तहरुमाथि अन्धाधुन्द आइलाग्नमा पुरुर्षाथ देखाउने उहि प्रचण्डको फेदसमाई, धुत्र्याइपूर्ण ढङगले आफ्नै पार्टीलाई बिभाजित गर्न ‘कँहि नभएको जात्रा हाँडिगाँउमा’ भने जस्तै गरी आफ्ना अन्दभक्तहरु जम्मा पारी एउटा पार्टीमा दुईजना अध्यक्ष खडागरी दुनिया सामु जोकरबनेर पार्टी विभाजन गर्न पुगेका थिए । यसरी पार्टी एकताको नाउँमा एमाओवादीमा समाहित हुनपुग्नुभएका बादल, जस्ले हिजोका दिनमा त्यो असंवैधानिक एवम् अप्रजातान्त्रिक तौरतरिकामा हुन गइरहेको दोश्रो संविधानसभाको चुनावि ब्यालेट बक्सलाई, त्यतिबेला शान्तिबातिकामा भएको जनसभामा सांकेतिक ब्यालेट बक्सलाई घनले ठोकेर विरोध जताउन पुगेका थिए । तर आज आएर त्यो असंवैधानिक एवम् अप्रजातान्त्रिक संविधानसभाबाट निर्मित जनविरोधि प्रतिक्रियावादी संविधानलाई उतकृष्ट मान्दै कार्यान्वयन गर्न गराउन तम्सिन पुग्नुबाट सृजित प्रचण्ड एण्ड बादल कम्पनि प्रवृतिहरुको जायजा हो यो नव गठित भनिएको नेपाल माओवादी केन्द« ।
क्रान्तिकारी धाराकालाई सिध्याउने मनत्रणा बोकेर नानाथरिका तानावाना बुनी सजधजतासाथ पार्टी एकताको माला जपी आएका आत्मासमर्पणवादी पुच्छरप्रवृतिका दक्षिणपन्थी अवसरवादीहरु सच्चा क्रान्तिकारीहरुको सैद्धान्तिक अदान सामु अन्ततः पराजित मानसिक्ता बोकेर आपैmभित्र निच्चपरि ‘मुला’को जीवनसँग आपूmलाई चरितार्थ गर्न पुगेका छन् । यस्तै प्रसङगसँग मिल्दो–जुल्दो क.एङ्गेल्सको उदागार–“यदि हामीले हेगमा सम्झौतावादी बाटो अपनायको भए, यदि फुटमा मौन बसेको भए त्यसको परिणाम के निस्कने थियो । संकिर्णतावादीहरु, खासगरेर बकुनिवादीहरुले अन्तरराष्ट्रियको नाउँमा अर्को ठूलो बेवकुफी र वदनाम गर्ने अवसर पाउने थिए । फोकाहरु फुत्ने थिएनन् तर पिनहरुमा फेरिने थिए, विस्तारै समाप्त हुने थियो र अर्को अधिवेशनमा अरु बढि संकट पैदा गर्ने थियो, तल्लो स्तरका मानिसहरुको लामबन्दि बन्ने थियो । किनभने “सिद्धान्त पहिले नै हेगमा बलि चधाइसकिएको हुने थियो । तब अन्तरराष्ट्रिय एकताको कारणबाट छिन्नभिन्न हुने थियो ।” ले क्रान्तिकारीहरुलाई सिद्धान्त विपरित कोहि–कसैसँग पनि कुनै किसिमको सम्झौता(सौदाबाजि) हुनसक्दैन र गर्नुहुन्न भन्ने कुरालाई अत्यन्तै सजिव ढङ्गले प्रस्त्याइदिनु भएको छ ।
नेपाली जनतालाई केहि आधारभूत कुराको प्रत्याभूति चाहिएको छ । राष्ट्रिय स्वाधिनता, जनवाद(जनगणतन्त्र) शान्ति र समृद्धि आजका प्रमुख राजनैतिक आवश्यकताहरु हुन् । यी चार कुराको प्राप्तिका लागि संघर्ष गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र नेपाली जनताको इच्छालाई सम्बोधन गर्न सक्छ ।
हामीले हाम्रो समय, विगतमा भएका सबै काम कुराहरु खतम थिए भन्ने ढङ्गले उछितो काढनुमै मात्र खेर फाल्नु हँुदैन । विगतमा ठुप्रै राम्रा काम कुरा पनि भए गरेका छन् । तर, विगतमाथि सधैं एकहोरो तालले जोड दिने, हरेक दिन ती नै मान्छे(जो आत्मासम्र्पण गरी पुच्छर बन्न गएका) हरुको बारेमा मात्र माथापच्चिसी लाडाइरहनेखालको इतिहासको मुल्याङ्कन गर्ने तौरतरिकामा समय बेथित गरी बस्नु हुँदैन । मान्छेको इतिहास जहिल्यै अगाडि बढछ । एउटा पुस्ता अर्काे पुस्ता जति उत्कृष्ट हुन सक्दैन जस्तो कि पुरानो पुस्ता उदाउँदो पुस्ताजति उत्कृष्ट हुन सक्दैन ।
हामीले हाम्रो शक्तिलाई जगाउनु पर्छ, सुत्न दिनु हुँदैन । यदि हामीले गल्ति गरिहाल्यौं भने थुप्रै विचारलाई बढावा दिएर र पस्टाउन दिएर सही बाटोमा ल्याउन सकिन्छ । त्यसमाथि चिसो पानी ख¥याउने काम गर्नु हँुदैन । महान सफलताहरुका बारेमा हामी आलोचित हुन सक्छौं । के त्यस्तो आलोचना गरिंदैमा छुद«ता र असफलता खोज्नेतिर लाग्ने त ? के विगतलाई सम्पूर्ण ठान्ने र भविष्यप्रति पूरै बेखबर रहने त ? त्यसो होइन, हामीले महान सफलताहरु हासिल गर्न कदम चाल्नु पर्छ । जो यसो भन्छ, उही असल मान्छे हो । हामीले हाम्रो संघर्षशीलतालाई जारी राख्नु पर्छ । क्रान्ति अधुरोका अधुरै छ पुरा हुन बाँकि नै छ । त्यसैले कामरेडहरु हामी दिलोज्यान दिएर लागि पर्नुपर्छ ।
हामी हाम्रो नेपाललाई वस्तुगतस्थिति र राजनीतिक स्थितिमा सामान्य सुधार गरी राष्ट्रमा पुनरनिर्माण कार्यमा अल्झिन नयाँ जनवादी क्रान्तिमा लागेका र लाग्न खोजेका होइनौं । वस्तुतः नयाँ जनवादी क्रान्तिद्वारा देशको राजनीतिक, आर्थिक , सामाजिक तथा साँस्कृतिक आदिइत्यादि सब का सब फेरवदल गरी आजको आवश्यकता अनुरुप नयाँ परिवेशमा पुरै नयाँ नेपाल निर्माण गर्नु चाहान्छौं । हामी राजनैतिक रुपले उत्पीडन र आर्थिक रुपले शोषित नेपाललाई राजनैतिक रुपले स्वतन्त्र र आर्थिक रुपले समृद्धिशाली नेपालमा फेर्नु चाहन्छौं । सिधा अर्थमा भन्नु पर्दा हामी नयाँ नेपालको निर्माण गर्न चाहन्छौं । यस महान उद्देष्य विपरित कोहि कसैसँग कुनै किसिमको सम्झौता हुन सक्दैन, गर्नु हँुदैन र गरिने छैन ।

प्रतिक्रियाहरु