संघीय गठबन्धनको दोस्रो चरणको आन्दोलन सुरु

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौ, ६ जेठ । संघीय गठबन्धनले आजदेखि काठमाडौ केन्द्रित दोस्रो चरणको आन्दोलन सुरु गर्दैछ । सिंहदरबार र बालुवाटार घेराउपछि नयाँ आन्दोलन घोषणा गरेको गठबन्धनले आज ललितपुरको लनगखेलमा प्रदर्शन र सभा गर्दैछ । नागरिकको दैनिकी प्रभावित हुनेगरी बन्द, हड्तालका कार्यक्रम भने नराखिएको गठबन्धनका नेताहरुले जानकारी दिएका छन् । गठबन्धनको आजदेखि १७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय छ । उपत्यका बाहिरका मुख्य शहरमा पनि प्रदर्शन र सभा गर्ने गठबन्धनको कार्यक्रम रहेको छ ।
यसैबीच, सङ्घीय गठबन्धनले आन्तरिक छलफल नगरी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको भन्दै मोर्चाभित्रका तीन साना दलले असहमति जनाएका छन् । लोक दलका अध्यक्ष कौशलकुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष, गङ्गा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादवले विज्ञप्ति जारी गरी तयारी नभएका कारण आन्दोलनले लक्ष्य प्राप्त गर्न नसकेको जनाएका छन । संयुक्त मधेसी मोर्चाका नेताले गठबन्धनको अस्तित्वलाई स्वीकार गर्न नसकी नयाँ गठबन्धनको २६ बुँदे माग छाडेर मोर्चाकै नामबाट सरकारसँग आफ्नो ११ बुँदे माग उठाएका कारण उनिहरुले असहमति जनाएका हुन् । उनिहरुले सो विषयमा सहमति नभएका कारण आफूहरु गठबन्धनबाट अलग भएको घोषणा समेत गरेका छन ।

प्रतिक्रियाहरु