राजदूत ‘ रे ‘को रोदन – भारत विरोधी भावना फैलियो

२०७३ जेष्ठ ५ गते, बुधबार

काठमाडौ, ५ जेठ । भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन । राजदूत रेले संघीय गठबन्धनले उठाएका माग सम्वोधन र भारत विरोधी भावना फैलिएको भन्दै प्रधानमन्त्रीलाइ भेटेको बताइएको छ । भेटमा राजदूत रेले प्रधानमन्त्रीकै सल्लाहकार र सहयोगीहरुले भारत विरोधी सूचना प्रवाह गरिरहेको गुनासो गरेको बालुवाटार स्रोतले जनाएको छ ।
कुन सल्लाहकारुले के भने भन्नेमा राजदूत रेले नखुलाएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले आफू भारत विरोधी नभई सम्बन्ध सुमधुर बनाउने पक्षमा रहेको दावी गर्नु भएको थियो । जवाफमा प्रधानमन्त्रीले आफ्ना सहयोगीहरुले त्यस्तो कुरा गरेको भए आफूले यथार्थ बुझेर ठोस कदम चाल्ने जवाफ दिएका थिए ।
प्रधानमन्त्रीले मधेसी दलहरुसँग छिटो बार्ता गरेर समस्या समाधान होस् भन्ने भारतको चाहाना रहेको राजदूत रैले सन्देश सुनाएको बताइएको छ । प्रधानमन्त्रीले आफू मधेसवादीदलहरुसँग एकएक गरी वार्ता गर्न समेत तयार रहेको तर संविधानपुनःलेखन हुननसक्ने बताएका थिए । भेटमा प्रधानमन्त्री ओलीले संविधान संसोधन गरेर जायजमाग पुरा गरिने बताएको स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु