फिदिम नगरक्षेत्रमा सि.सि क्यामेरा जडान कार्य सुरु

२०७३ जेष्ठ ४ गते, मंगलवार

काठमाडौँ, ४ जेठ । सुरक्षित र भयमुक्त समाज निर्माणका लागि सुरक्षामा प्रविधिको प्रयोग तथा प्रमाणममुखी अनुसन्धानलाई अवलम्बन गर्ने लक्ष्य सहित जिल्ला प्रहरी कार्यालय पाँचथर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पाँचथरको पहलमा पाँचथरको फिदिम नगरक्षेत्रमा CC क्यामेरा जडान कार्य शुरु भएको छ ।
सिसी क्यामेरा जडान कार्यमा संसद बिकास कोषसमेत जिल्लाका राजनीतिक दल, फिदिम नगरपालिका, उधोग बाणिज्य संघ, जिल्लास्थित बिभिन्न संघ संस्था, स्थानिय उधोगी ब्यबसायी, नागरीक समाजका ब्यक्तित्वहरुको उत्साहजनक आर्थीक सहयोगमा १८ लाख रुपैयाँको लागतमा २० वटा सिसी क्यामेरा जडान हुने भएको हो ।
फिदिम नगरको शनिवारे हटिया लाईनदेखि चारवरेसम्म र बसपार्कदेखि जिल्ला प्रहरी कार्यालयको गेटसम्मको क्षेत्रमा क्यामेरा जडान हुने भएको छ भने फिदिम नगर अब २४सै घण्टा सिसीटीभी को निग्रानीमा रहने भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव मोहनकुमार दाहालको संयोजकत्वमा सिसि क्यामेरा जडान तथा रेखदेख र मर्मत सम्भार उपभोक्ता समिति पाँचथर गठन गरी सोही समितिबाट जडान सम्बन्धी सम्पुर्ण व्यवस्था हुने गरी २०७३ साल बैशाख २ गतेदेखि जडान कार्य भईरहेको छ भने यही जेष्ठ १५ गते सम्ममा जडान कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रियाहरु