आज संघीय गठबन्धनले जनप्रदर्शन गर्ने

२०७३ जेष्ठ १ गते, शनिबार

काठमाडौं, १ जेठ। मधेसी दलले संघीय गठबन्धनको नेतृत्वमा २ र ३ जेठमा सिंहदरबार घेराउ कार्यक्रम तय गरेका छन् । १ जेठमा काठमाडौंको शान्तिवाटिकाबाट दिउँसो ३ बजे जनप्रदर्शन गर्ने र २ जेठदेखि सिंहदरबार घेराउ गर्ने गठबन्धनको कार्यक्रम छ । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले माइतीघर मन्डलामा शान्तिपूर्ण र भद्र रूपमा धर्नामा सहभागी हुने कार्यक्रम तय भएको बताए । संयुक्त मधेसी मोर्चाको नेतृत्वमा १० महिनासम्मको मधेस आन्दोलन निष्कर्षमा नपुगेपछि मधेसी दल काठमाडौं केन्द्रित भएका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु