नेपाल-चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न

२०७३ बैशाख ३१ गते, शुक्रबार

काठमाडौ, ३१ बैशाख । नेपाल-चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको हो । अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको बताइएको छ ।
नेपाल टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले भौतिक रूपमा काठमाडौं र चीन अल डाइलेक्टिभ सेल्फ सपोर्टिङ(एडिएसएस) अप्टिकल फाइबर जोडिएको जानकारी दिए। ‘चीनसँगको इन्टरकनेक्टिभिटीका लागि उपकरण जडान र सेवा परीक्षण सुरू भइसकेको छ,’ उनले भने,‘ मे भित्रमा चीन-नेपाल र भारतबीच सीधा ट्राफिक आदान प्रदानका लागि परीक्षण सम्पन्न गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु