करोडौ मेलको पासवर्ड चोरी

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौं,३० वैशाख । ह्याकरको एक समूहले २७ करोडभन्दा बढी ईमेल अकाउन्टको पासवर्ड फेला पारेको छ । जीमेल, हटमेल र याहुसमेत २७ करोडभन्दा बढी ईमेल अकाउन्टको पासवर्ड ह्याकरले चोरी गरेको हो । ‘होल्ड सेक्योरिटी’ नामक कम्पनीले एक ब्लगमार्फत यस्तो दाबी गरेको हो ।
ब्लगमा जनाइएअनुसार जीमेल, हटमेल र याहु ईमेल प्रयोगकर्ताको ईमेल अकाउन्ट र पासवर्ड चोरी भएको हो । यी डाटा कहाँबाट चोरी भएको हो भन्ने प्रष्ट हुन बाँकी नै छ । ‘होल्ड सेक्योरिटी’ का अनुसार उसलाई ती डाटा कसैले उपलब्ध गराएको हो । अलग–अलग समयमा ह्याक गरिएका करिब १० गीगाबाइट डाटा आफूसँग रहेको उसले जनाएको छ । करिब ९० करोड ईमेल ती डाटामा रहेको जनाइएको छ । यो दाबी सत्य ठहरिएमा अहिलेसम्मकै सर्वाधिक संख्यामा ईमेल अकाउन्ट असुरक्षित भएको हो । – एजेन्सी

प्रतिक्रियाहरु