बेलुकासम्म पानी पर्ने

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौ, ३० बैशाख । अहिले बिहानदेखि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । मौसमविद् राजु प्रधानाङगका अनुसार उपत्यका र आसपासमा झण्डै २ घण्टासम्म पानी पर्ने अनुमान गरिएको छ भने बेलुकासम्ममा पूर्वमा पनि पानी पर्नेछ ।
त्यसपछि पनि मौसम बदली नै हुनेछ । बेलुकीपख फेरि उपत्यका सहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना छ । आज तुलनात्मक रुपमा पूर्वका धेरै ठाउँमा पानी पर्ने प्रधानाङगले बताए । भारतको बिहारमा बनेको न्युनचापीय प्रणालीका कारण पूर्वमा धेरै असर परेको उनको भनाई छ । अहिले प्रिमनसुन सक्रिय भएकाले बिहान मौसम सफा रहेपनि दिउँसोपछि बदली भएर बेलुकीपख मेघगर्जनसहित पानी पर्नु स्वभाविक भएको मौसमविद्को भनाइ छ ।

प्रतिक्रियाहरु