साहित्यकार श्यामप्रसादलाई नागरिक अभिनन्दन

२०७३ बैशाख २९ गते, बुधबार

काठमाडौं, २९ वैशाख । प्रगतिशील लेखक तथा साहित्यकार श्यामप्रसाद शर्मालाइ एक कार्यक्रमबिच प्रधानमन्त्री के.पि.शर्मा ओलिको उपस्थितमा नागरिक अभिनन्दन गरिएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा विभिन्न ७४ वटा संघ सस्थाले उनलाइ नागरिक अभिनन्दन गरेका हुन । सम्मान कार्यक्रममा प्रमुख अथिति प्रधानमन्त्री के.पि. ओलिले साहित्यकार श्यामप्रसादले साहित्य क्षेत्रबाट पुर्याएको योगदानको चर्चा गरे । कार्यक्रममा प्राज्ञ भवनका कुलपति ,उपकुलपति ,साहित्यकार,लेखकहरुले श्यामप्रसादले नेपाली समाजमा पुर्याएको उल्लेख्य योगदानप्रती धन्यवाद दिएका थिए । कार्यक्रममा बोल्ने अधिकाङ्सले प्रगतिशील लेखक तथा साहित्यकार श्यामप्रसाद एउटा पाठशाला हुन जसबाट सम्पुर्ण नेपालिहरुले सिक्ने पढ्ने मौका पाएका छ्न भन्दै शर्माप्रती आभार प्रकट गरेका थिए । साहित्यकार श्याम प्रसाद्का लगभग १०० बढी कृतीहरु प्रकासित भइसकेका छ्न ।

प्रतिक्रियाहरु