नेपालको घ्यू जापान निर्यात

२०८१ जेष्ठ १४ गते, सोमबार


काठमाडौँ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिजले घ्यू जापान निर्यात गर्न शुरु गरेको छ । सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज जापान घ्यू निर्यात गर्ने कोशी प्रदेशबाट निजी क्षेत्रको पहिलो उद्योग बनेको मन्त्रालयका सचिव लेखनाथ दाहालले बताए । उनले यस कार्यमा निरन्तरता दिन अनुरोध गर्दै उद्योगलाई मन्त्रालयको सधैं साथ र सहयोग रहने बताए ।
उद्योगले जापानको एक निजी कम्पनीसँग एक वर्षमा ५० हजार केजी घ्यू बिक्री गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको उद्योगका सञ्चालक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य मनोज कुमार यादवले जानकारी दिए ।
सम्झौता पत्र अनुसार उद्योगले पहिलो चरणमा ५० लाख रुपैयाँ ५ हजार केजी परम घ्यूसहित चिउरा, चियारंग, मह जापान पठाउनेछ । उद्योगले घ्यू जापान निर्यात गर्दा कोशी प्रदेश सरकारले प्रत्येक केजी घ्यूमा १ सय २० रुपैयाँ अनुदान दिने कुरा बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।
प्रदेश सरकारले निर्यातमा सहयोग पु¥याएकोमा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले धन्यवाद दिंदै वार्षिक ३ अर्ब निर्यात हुने कोशी प्रदेशको मौलिक उत्पादन छुर्पी उत्पादनलाई राज्यले प्रोत्साहन गर्न र प्याटर्न राइट लिन पहल गरिदिन पनि मुख्य मन्त्री कार्की र सचिव दाहाललाई आग्रह गरे ।
विगत दुई वर्ष यता दूध तथा दुग्ध पदार्थको उपभोग कम भएर स्टक रहँदा नेपाल डेरी एसोसिएसन बजार खोज्ने क्रममा बंगला देश, श्रीलंका, तिब्बत, भुटान लगायतका ठाउँमा पुगेको थियो । तर लागत बढी र बा¥है महिना बराबर परिणाम पु¥याउन नसक्ने भन्दै अल्मलिएर बसेको थियो ।
नेपाली बजारमा परम घ्यू प्रति केजी मूल्य १ हजार १ सय रुपैयाँ रहेको छ । विराटनगरका स्थानीय अनुजकुमार यादव, मनोजकुमार यादव, प्रेमकुमार राठी र गुरुप्रसाद अधिकारीले विराटनगर महानगरपालिकाको १४ स्थित जतुवामा ३० करोड रुपैयाँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका थिए । साढे ६ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण गरिएको उद्योगमा धुलो दूध, दूध र घ्यू गरी ३ बेग्ला बेग्लै प्लान्ट सञ्चालनमा रहेका छन् ।
२०७६ सालमा स्थापना भएको उद्योगले ५ वर्षपछि आफ्नै उत्पादन परम घ्यू जापान निर्यात गर्न सफल भएका छन् । उद्योगले उत्पादन गरी रहेको दुग्धजन पदार्थमा कोशी प्रदेश सरकारको अनुदान छ । तर अनुदान रकमले मात्रै उत्पादित दुग्धजन्य सामग्री जापान निर्यात गर्न सक्ने अवस्था नरहेको उद्योगका सञ्चालक समिति सदस्य मनोजकुमार यादवले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्यात हुन लागेको परम घ्यूको आइतबार शुभारम्भ गर्दै प्रदेश सचिव लेखनाथ दाहाललाई उद्योगबाट उत्पादित अन्य दुग्धजन्य सामग्रीमा अनुदानको व्यवस्था गर्न निर्देशन दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु