अपाङ्ग भएर के भो ….

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौ,२८ बैशाख । सेरेब्रल पल्सी’ डिसअर्डरबाट पीडित एक महिला अहिले लन्जरी मोडल बनेर लोकप्रिय बनेकी छन् । यो रोगका कारण मानिस हिँडडुल गर्न सक्दैन । व्हीलचेयरमा बसेकी लिएन स्टीफन नामकी यी मोडललाई तस्वीरमा देखेर मानिसहरु स्तब्ध हुने गर्दछन् । लिएनका अनुसार उनलाई सुरुवातमा आफ्नो लुक्सप्रति घृणा थियो । तर अहिले अरुलाई उत्प्रेरित गर्ने गर्दछिन् ।
लिंकनशरको ग्रिम्स्बी निवासी लिएन भाग्यवस लंजरी मोडल बनेकी हुन् । उनले भनिन्–अपांगताका साथ मोडलिङ गर्नु निकै कठिन काम हो । मैले पहिलो फोटोशूट बिना व्हीलचेयर पूरा गरेकी थिएँ । त्यतिबेला मानिसहरुलाई मलाई नोटिस पनि गरेका थिएनन् कि म अपाङ्गता पीडित छु । उनले भनिन्–मलाई मेरै लुक्सप्रति सधै घृणा थियो, मैले कहिल्यै पनि आफूलाई गुड लुकिङ र सेक्सी ठानिनँ । उनले अगाडि भनिन्–म मोडलिङ गरेर सबैलाई देखाउन चाहन्छु कि डिसेबिलिटी पनि सेक्सी र ब्युटिफुल हुन सक्छन् ।
लिएन मोडलिङबाहेक रिसेप्शनिस्टको काम गर्छिन् । तर, उनको सपना फूल टाइम मोडलिङ गर्नु हो । यद्यपि उनी फ्रिलान्स फोटोग्राफर्सका लागि नियमित लन्जरी र फैशन शूट गराउँछिन् । लिएनले ६ वर्ष पहिला मोडलिङ सुरु गरेकी थिइन् । त्यतिबेला डिसेबल मानिसका लागि फोटोग्राफ्स खोजिरहेकी थिइन् । लिएनका अनुसार उनी मोडलिङमा बाय चान्स आएकी हुन् । तर अब उनको यो रुचीको विषय बनेको छ। सेरेब्रल पल्सी डिसअर्डरका साथ लिएन ११ हप्ता पहिला नै प्रि–मेच्योर जन्मेकी थिइन् । जसका कारण उनको खुट्टामा ठुलै हानी पुग्यो । उनी हिँडडुल गर्न सक्दिनन् । अधिकांश समय उनी व्हीलचेयरको प्रयोग गर्दछिन् । यसका साथै उनी बैशाखीको सहयोग पनि लिने गर्दछिन् । – एजेन्सी

प्रतिक्रियाहरु