पाखण्डी शासकबाट जनताले केही पाउनेवाला छैनन् : वास्तोला

२०७३ बैशाख ११ गते, शनिबार

काठमाडौं, ११ बैशाख । नेकपा माओवादी नेता धर्मेन्द्र वास्तोलाले अहिलेको सरकार अर्धमरो अवस्थामा पुगेको बताएका छन् । माओवादीका स्थायी समिति सदस्य समेत रहेका वास्तोलाले यो सरकार पाखण्डहरुको चलाएको र त्यसबाट जनताले केही पाउन नसक्ने बताए । माओवादीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्चअन्तर्गत रामेछाप–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा शनिबार राजधानीमा आयोजित नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता वास्तोलाले अहिलेको सरकारले सार्वभौम देश र जनताको रक्षा गर्न नसक्ने बताए ।
नागरिक महंगी र विदेशी हस्तक्षेपबाट आक्रन्त भइरहँदा समेत सरकार नतमस्तक बनेर तामासा हेरिरहेको बताउँदै भारतले तराईका सीमा क्षेत्रमा हरक्षण सीमा स्तम्भ सारेर नेपाली भूमिलाई भारततर्फ पु¥याइरहँदा पनि त्यसका विरुद्ध चुँईक्कसम्म बोल्न नसकेको देख्दा आश्चर्यचकित भएको बताए ।
नेपालीकै हित र पैसाबाट हजारौं मेगावाट बिजुली उत्पादन गर्न सकिने सुनिश्चितता हुँदाहुँदै कमिशनको लोभमा माथिल्लो कर्णाली, अरुण–३, मस्र्याङ्दी र पश्चिम सेतीलगायत ठूला बिद्युत आयोजना र सप्तकोशी उच्च बाँध निर्माण कार्य विदेशी दलाल पुँजीपतिलाई सुम्पन अहिलेको सरकार पनि तयार भएकोले आफूहरुले त्यसको खुलेर विरोध गरेको स्पष्ट पारे । आयोजना नेपालीको हितमा बन्ने सुनिश्चिता नभएसम्म विरोध जारी रहने बताए ।
संसदवादी दलहरु देशका गौरव बोकेका उद्योग, कारखाना, नदीनाला कमिशनकै लागि जमिनसहित विदेशी दलालहरुको हातमा सुम्पने कार्य आफूहरु र जनताले कहिल्यै सहन नगर्ने बताए ।
विशेषगरी देशमा मारवाडी समूदायमार्फत विस्तारवादी भारतीय कम्पनीहरुले यहाँका प्राकृतिक स्रोतसाधन र बजारमाथि उपभोग्य वस्तुको एकाधिकार भाऊ लादेर नेपालीको पैसा आफ्नो देशमा लगिरहेको बताउँदै त्यसैको अभ्यासस्वरुप कांग्रेस, एमाले तथा एमाओवादी पनि पेट्रोलियम पदार्थ बिक्रीवितरणका लागि नीजि कम्पनी दर्ता गर्न लागिपरेको बताए ।
देशको सार्वभौम र नागरिकको स्वतन्त्रताको रक्षा गर्न नेकपा माओवादीले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेको औल्याउँदै सम्पूर्ण युवा तथा देशभक्त नागरिक एकीकृत जनक्रान्तिमा गोलबन्द हुन आह्वान समेत गरेका छन् । ‘एकीकृत जनक्रान्तिबाट मात्र सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रियताको रक्षा ग्यारेन्टी छ, यसमा गोलबन्द हुनुको विकल्प छैन’ नेता वास्तोला भने ।
‘युवा शक्तिकै कारण दस वर्षे जनयुद्ध सम्भव भयो । युवा शक्तिले मात्र सत्ता विद्यमान दलाल–पुँजीपति वर्गहरुको हातबाट खोसेर जनताको हातमा ल्याउन सकिन्छ, त्यसैले युवा शक्ति परिचालनको नेतृत्व एकीकृत जनक्रान्ति कार्यदिशाले गर्छ’ उनले भने ।
एकीकृत जनक्रान्तिकै बलमा ठूलाठूला राष्ट्रघाती सम्झौता कार्यान्वयनमा अहिलेसम्मका सरकार असफल भएको उनले ठोकुवा गरे । भने ‘नेकपा माओवादी मात्र राष्ट्रवादी शक्ति भएको बुझेरै आन्तरिक–बाह् दलालहरुले माओवादीबीच एकताको हल्ला चलाएका हुन् । हल्लाले माओवादीलाई कति पनि छुँदैन । हामी वर्गी मुक्तिका निम्ति वर्ग संघर्षमा हाम फालिसकेका छौं । कसैले रोकेर रोकिँदैन ।’
कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य असारे काकाले एकीकृत जनक्रान्तिलाई तीव्र गतिमा जनताका घरघरमा पु¥याउन युवाहरुलाई आह्वान गरेका छन् ।
काकाले रामेछापले नेपाल कम्युनिष्ट पार्टी संस्थापक पुष्पलाल श्रेष्ठदेखि जनसरकार प्रमुख पुष्प (बाबुराम लामा) जन्माएको बताउँदै जनयुद्धका बेला रामेछापकै बेथान घटनाले जनयुद्धको कमाण्ड सम्हालेको स्मरण गरे । अर्को पोलिटब्यूरो समस्दय अनिल शर्मा अर्को पोलिटब्यूरो समस्दय अनिल शर्मा ‘विरही’ले जनगणतान्त्रिक सम्पर्क मञ्चमार्फत उपत्यकाका आदिवासी नेवार समूदायलाई राज्यसत्तामा ठोस रुपमा सहभागी गराउन पार्टीले आवश्ययक नीति तथा कार्यक्रम छिट्टै ल्याइने बताए । उनले भने ‘राणकालदेखि बुर्जुवा गणतन्त्रसम्म आइपुग्दा समेत यहाँका आदिवासी नेवार समूदायलाई सत्तामा सिधा भाग लिन दिइएन्, उनीहरु सधैं सुधारवादका समर्थक भएर बसे । अब उनीहरुलाई एकीकृत जनक्रान्तिमा सहभागी भई राज्यसत्तामा प्रत्यक्ष उपस्थित हुनमा ढिलाई गर्नु हुँदैन ।’
कार्यक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष राजु कार्कीले एकीकृत जनक्रान्तिमा गोलबन्द हुन देशका सम्पूर्ण युवा शक्तिलाई गोलबन्द गर्ने कार्य तीव्र रुपमा अघि बढिरहेको र यसमा सहभागी हुन आह्वान गरे ।

प्रतिक्रियाहरु