भारतीय ज्यादति बन्द गर

२०७२ चैत्र २० गते, शनिबार

भारतले नेपालको आन्तरिक मामिलामाथि पटक–पटक हस्तक्षेप गरेको छ । उसले पछिल्लो पटक नेपालमा जारी भएको संविधानको विषयलाई लिएर नाकाबन्दी नै ग¥यो । हालै नेपालमा जारी भएको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले देशभित्रकै विभिन्न राजनीतिक दल र नेताहरुलाई उचालेर देशलाई द्वन्द्वतर्फ धकेल्ने कार्य गरिरहेको छ । उसले यही रणनीतिअन्तर्गत पछिल्लो पटक युरोपेली युनियनसँगको संयुक्त वक्तव्यमा नेपालको संविधानप्रतिको असन्तुष्टि समावेशी गरिदिएर नेपालको आन्तरिक मामिलामाथि थप हस्तक्षेप गरेको छ । विगत दशकदेखि नै नेपालमा भइरहेको घोर अस्थिरता र लथालिङ्ग आर्थिक अवस्थाको कारक भारत नै रहेको तथ्य राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै प्रस्ट भइसकेको छ । नेपलको समस्या नेपालकै राजनैतिक दल र नेताहरु मिलेर समाधान गर्छन् र सक्छन् पनि । तर, भारतले यहाँका राजनीतिक दल र नेताहरुलाई उचाल्ने–पछार्ने गरेर अस्थिरता निम्त्याउँदै आफ्नो स्वार्थपूर्ति गर्दै आएका जगजाहेर छ । नेपालमा जारी संविधानलाई लिएर उसले पाँच महिना नेपालमाथि आर्थिक नाकाबन्दी ग¥यो, जुन अन्तर्राष्ट्रिय रुपमा पनि जघन्य अपराध हो । नेपाली जनतालाई अभाव, महँगी र कालोबजारीको चङ्गुलमा पु¥याउने भारत नै हो । यो तथ्य अब नेपाली जनता, यहाँका राजनीतिक दल र नेताहरुले बुझिसकेका छन् । पछिल्लो चरण नेपालमा मात्र होइन, विश्वमै भारतको विदेश नीतिको आलोचना हुन थालेको छ । नेपाललाई थिच्छु, मिच्छु, पेल्छुभन्दा भारतको छवि विश्वमै खराब हुँदै गएको छ भने भारतकै कारण नेपालले चीनसँग सम्बन्ध विस्तार गर्न बाध्य भएको छ । नेपाली जनता, राजनीतिक दल र नेताहरुमा भारतविरोधी भावना पलाएको छ, जुन भविष्यमा भारतको लागि आत्मघाती हुनसक्दछ । तसर्थ, भरतले नेपालमथि हस्तक्षेप तत्काल बन्द गर्नुपर्छ । नेपालको समस्या यहीँका दल र नेताहरुले समाधान गर्छन् । भारतले बुज्रुक बनेर हस्तक्षेप गर्नु आवश्यक छैन, अन्यथा नेपाली जनता, दल र नेताहरुमा भरतीयप्रति घृणा जाग्दै जानेछ । जुन भारतको लागि कदापि हितकर हुन सक्दैन, चेतन भया ।

प्रतिक्रियाहरु