स्वास्थ्य मन्त्रालय भ्रष्टहरुको चंगुलमा

२०७२ चैत्र २० गते, शनिबार

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका हरेक कामकारवाहीमा आर्थिक लेनदेन हुने गरेको स्रोतले बताएको छ । मन्त्रालयमा आर्थिक लाभ लिनेमा मन्त्री र सचिवलगायत उच्च पदस्य कर्मचारी नै संलग्न हुन थालेपछि मन्त्रालयको काम लथालिङ्ग भएको स्रोतको दाबी छ । स्रोतका अनुसार स्वास्थ्यमन्त्री रामजनम चौधरी र सचिव शान्तबहादुर श्रेष्ठले कर्मचारी सरुवा, बढुवा र विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र शिक्षण अस्पतालहरुको क्षमता विस्तारका नाममा सरोकारवालाहरुबाट लाखौँ रुपैयाँ असुल्ने गरेका छन् भने स्वास्थ्य सेवामा कार्यरत करिब चालिस हजार कर्मचारी, डाक्टर, नर्स र मासिकाहरुको नियमित सरुवा, बढुवामा समेत उनीहरुले ¥याल चुहाई आर्थिक लाभ लिने गरेको स्रोतको ठोकुवा छ ।
स्वास्थ्यमन्त्री रामजनम चौधरीको निर्देशनमा सचिव श्रेष्ठले नियमअनुसार हुने कर्मचारीहरुको सरुवा, बढुवामा विभिन्न बहानाबाजी गरी कर्मचारीबाट लाखौँ रुपैयाँ असुल्ने गरेका छन् । आजकल मन्त्री र सचिवको कार्यकक्षमा सरुवाको लागि सधैँ कर्मचारीको भीड लागेको हुन्छ । तर, जसले मन्त्री र सचिवसम्म लिंक पु¥याएर दाम पु¥याउन सक्छ, उसको मात्र चाहेको ठाउँमा सरुव हुन्छ अरु सबै तारेख धाउँदै बस्ने गरेको स्रोतको ठोकुवा छ ।
यसैगरी, मन्त्री चौधरी र सचिव श्रेष्ठले जुम्ला शिक्षण अस्पताल विस्तारको नाममा ३२ लाख आर्थिक लाभ गरेको स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु