तराईमा होली मनाइदैं

२०७२ चैत्र १० गते, बुधबार

काठमाडौं, १० चैत । आज तराईमा सद्भाव र आत्मीयता साटासाट गदै फागु अर्थात् होली मनाईंदैछ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । पहाडी क्षेत्रमा हिजो मनाइएको होली तराईमा भने आज मनाइंदैछ ।

प्रतिक्रियाहरु